काठमाडौं,मंसिर,२०- नेपाली कलाकारिता र मोडलिङमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्यका साथ नेपाली कलाकारिता तथा मोडलिङमा प्रवेश गरेकी मोडल तथा कलाकार हुन आशा श्रेष्ठ । मोडलिङको साथ साथै एक सफल बिजनेश वुमनको रुपमा स्थापित भए पनि सानै उमेर देखि नृत्य तथा मोडलिङमा रुचि भएर यो क्षेत्रमा सौखको रुपमा आएकी आशा बिभिन्न रियालिटि शो र सौन्दर्य प्रतियोगिताहरुमा प्रतिस्पर्धिको रुपमा रहदै दर्जनौ उपाधी हातपार्न सफल भै सकेकि छिन ।

“प्रतिभाको आँगन”, “को भन्दा को कम” जस्ता नृत्य रियालिटि शोहरु मार्फत आफ्नो प्रतिभा निखार्दै आएकिन आशा मिस टीन,२००३ की बिजेता समेत हुन। गङ्गा, मेरी प्यारी बहिनीजस्ता थुप्रै चलचित्रहरुमा समेत नृत्य तथा अभिनय गरिसकेकि आशा पछिल्लो समय बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो प्रतिभा प्रस्तुतीमै ब्यस्त रहेकी छिन।


राजधानि तथा राजधानि बाहिर मोफसलमा हुने बिभिन्न सौन्दर्य प्रतियोगिता, फेसन शो, र्याम्प शो हरुमा आफ्नो कला तथा कौशल प्रस्तुत गर्दै आएकि छिन । अन्तराष्ट्रिय स्तरमै हुने बिभिन्न शो हरुमा समेत सहभागि भै भारतका बिभिन्न शहरहरुसंगै, दुवई, सिङ्गापुर लगायत थुप्रै देशमा गएर आफ्नो कला प्रस्तुत गरीसकेकि छिन भने अब तत्कालै हङकङ,बैङ्कक र पोर्चुगलको यात्राको तयारीमा रहेकि छिन ।

आशाले म्युजिक भिडियोमा अभिनय समेत गरि सकेकी छिन । त्यसैगरि हालसालै दुवईमा सम्पन्न मोडल सङ्स अवार्डमा आशाले सर्वोत्कृष्ट मोडल९नृत्य० तर्फको अवार्ड हात परेकी थिइन । साथै थुप्रै संघ संस्थाबाट सम्मानित भैसेकेकी छिन ।
मोडलिङमा आफु खुसि हुने र आफ्नो सानै देखिको रुचि भएकोले यहि क्षेत्रमा केहि गर्छु भनेर यो क्षेत्रमा लागेको बताउछिन ।


नेपाली कला क्षेत्रमा लागेर सन्तुष्ट नै रहेको बताउने उनि अझै पनि मेहनतका साथ उत्कृष्ट काम गर्ने मन भएको बताउछिन । आफ्नो सफलताको मुख्य कारण परिवारको साथ, सहयोग र बुबाबाट मिलेको प्रेरणा मान्ने उनी आफु फेसन डिजाइनर तथा इभेन्ट अर्गनाईजर ममथा बस्नेतबाट प्रभावित रहेको बताउछिन । नेपाली समाजमा पनि मोडलिङलाइ लिएर सोच धेरै नै परिवर्तन भैसकेकोले गर्दा यो क्षेत्रमा काम गर्न सहज हुदै गएको बताउछिन। मोडलिङ पनि एक पेसा नै भएकाले यसलाई मर्यादित बनाउनुपर्ने उनको सुझाव छ ।

मोडलिङमा आफु खुसि हुने र आफ्नो सानै देखिको रुचि भएकोले यहि क्षेत्रमा केहि गर्छु भनेर यो क्षेत्रमा लागेको उनी बताउछिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here