everest-premire-league-trophy-lalitapur vs chitawan

काठमाडौं, मंसिर २३ ।

शनिबारदेखि राजधानीमा सुरु भएको तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत आइतबार भएको खेलमा ललितपुर प्याट्रीयट्सले आफ्नो पहिलो जित निकालेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले पराजित गरेकाे छ ।

टियू क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १४४ रनको चुनौती पछ्याउँने क्रममा चितवन निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रनमा सिमित रह्यो ।

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडे भने कप्तान पृथु बास्कोटाले २६ तथा भिम सार्कीले २१ रन जोडेका थिए । उता ललितपुरका लागि भने सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन जोडेको थियो । ललितपुरका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ८ बलमा २५ रन बनाए ।

जितसंगै ललितपुरले २ खेलबाट २ अंक जोडेको छ । शनिबार भएको पहिलो खेलमा भने ललितपुर विराटनगर वारियर्ससंग ३ विकेटले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here