आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

लोकप्रिय गायक दिनेशले उचाले ‘सर्वोत्कृष्ट लोक आधुनिक गायक’को अवार्ड

लोकप्रिय गायक दिनेशले उचाले ‘सर्वोत्कृष्ट लोक आधुनिक गायक’को अवार्ड

मनोरन्जन, समाचार
बोस्टर म्यूजिक अवार्डको सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड चर्चित गायक दिनेश गौतमले जितेका छन । बांसै काटेर बोलको गीतबाट उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन । राष्ट्रि नाचघरमा सम्पन्न भएको उक्त अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व अर्थमन्त्री एवं वरिष्ठ रचनाकार एसपी कोईराला, वरिष्ठ संगीतकार राजु सिंह लगायतले उनलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड पाए पछि खुशीले यसको श्रेय गीतमा आवद्ध सम्पूर्णलाई दिएका छन। कोसिस क्षेत्रीले दिएको संगीत एवं रचनाको उक्त गीतलाई उदय राज पौडेलले ऐरन्ज गरेका हुन । भिडियोलाई भने कार्टुन कुजले निर्माण गरेको हो । पैसा कसले बनायो , धनमै मान्छे रमायो जस्तो सयौ चर्चित गीतका लोकप्रिय गायक लामो समय पछि पून गायनमा सक्रिय देखिएका छन् । उनका हालै सार्वजनिक भएका फर्केर आएनौ र बांसै काटेर बोलको गीतहरु निकै चर्चामा रहेका छन । केहि गीतहरु सार्वजन...
राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीहरुले दिए दागबत्ती

राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीहरुले दिए दागबत्ती

राजनीति, समाचार
काठमाडौँ —फागुन १९। उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेता अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिए । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए । सो...
लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

समाचार, समाज
ललितपुर—फागुन १९। ललितपुरको लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ५ को स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा उक्त स्वास्थ्य शिबिर सम्पन्न भएको हो । ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा अन्तर्गत जनस्वास्थ्य शाखा र पाटन प्याथ ल्याबको संयुक्त सहयोग माझ ललितपुर मलको पाटन पाथल्याबमा उक्त स्वास्थ्य शिविर अयोजना गरिएको थियो । एक दिने स्वास्थ्य शिबिर कार्यक्रम स्वास्थ्य शिबिरमा होल बडि चेक अप र स्तन तथा पाठेघरको पानीको टेष्ट गरिएको थियो । महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले एक दिने स्वास्थ्य शिबिरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित भएको बताएका छन । अध्यक्ष श्रेष्ठले जन स्वास्थ्यसँग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउदै जाने वताएका छन् ।...
अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर हुँदै

अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर हुँदै

अन्तराष्ट्रिय, समाचार
वासिङ्टन —फागुन १९। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौतामा सहमतिमा हस्ताक्षर हुन लागेको बताएका छन् । राष्ट्रपतिले दुवै पक्षबीच लगभग सहमति भइसकेको हस्ताक्षर हुन मात्र बाँकी रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ ही (बायाँ) बीच गतसाता वासिङ्टनस्थित ह्वाइटहाउसमा भएको भेटवार्ता । उनले भने, ‘हामी निकै नै नजिक पुगिसकेका छौं ।’ सहमति हुने भएपछि अमेरिकाले चिनियाँ वस्तुमा लगाएको नयाँ कर कार्यान्वयनमा ल्याएको छैन । अमेरिकाले मार्च एकदेखि लागू हुने गरी चिनियाँ वस्तुमा १० देखि २५ प्रतिशतसम्म कर घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले करिब २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा थप कर घोषणा गरेको हो । ट्रम्पले तर दुई देशबीच हुने सहमतिमा हस्ताक्षरका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फ्लोरिडास्थि...
निरज सिलवालको ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

निरज सिलवालको ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौँ —फागुन १९। गायक तथा संगीतकार निरज सिलवालले आफ्नो स्वरमा रहेको नयाँ गीत बजारमा ल्याएका छन् । दशरथ थापाको शब्द सृजना रहेको सो गीतको म्युजिक भिडियोसहित गायक सिलवालले आफ्नो सांगीतिक कोशेली आफ्ना दर्शक र स्रोतामाझ ल्याएका हुन् । ‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका रंजित पौडेलले अभिनय गरेका छन् । उनीसँगै म्यूजिक भिडियोमा ‘बुगिवुगी’ पहिलो सिजनकी विजेता कविता नेपालीलाई पनि देख्न सकिन्छ ।रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोः https://youtu.be/u-GOx0VO8ds...
रहेनन् पूर्वउपप्रधान तथा अर्थमन्त्री अधिकारी, जसले वृद्धभत्ता ल्याएका थिए

रहेनन् पूर्वउपप्रधान तथा अर्थमन्त्री अधिकारी, जसले वृद्धभत्ता ल्याएका थिए

राजनीति, समाचार
काठमाडौँ —फागुन १९। पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ  । ह्याम्स अस्पतालका निर्देशक डाक्टर भाष्करराज पन्तका अनुसार ८३ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको हो  । एक पटक भौतिक पूर्वाधार तथा यातायात र चार पटक अर्थमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम र वृद्धवृद्धालाई मासिक भत्ता वितरण गर्ने नेताका रूपमा चर्चित छन् । उनले २०५१ सालमा सुरु गरेको वृद्धभत्ता अहिले मासिक २ हजार रुपैयाँ पुर्‍याइएको छ । अधिकारीले २०७१ बाट सक्रिय राजनीति त्यागेका थिए । नेकपाका अहिलेका धेरैजसो आर्थिक नीतिहरू उनकै पालामा सुरु भएका हुन् । ‘आर्थिक मुद्दामा हाम्रा फरक मत थिए,’ पूर्वअर्थमन्त्री रामशरण महतले भने, ‘दृष्टिकोण फरक भए पनि उहाँको नियतमा शंका गर्ने कुनै ठाउँ थिएन । मुलुकले असल व्यक्ति गुमायो ।’ २०५१ सालमा पहिलो पटक निर्वाचित कम्युनिस्ट सरकारका...
हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डमा शान्ता तामाङ्ग वर्षको सर्वोत्कृष्ट नायिका(तामाङ्ग चलचित्रतर्फ) घोषित

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डमा शान्ता तामाङ्ग वर्षको सर्वोत्कृष्ट नायिका(तामाङ्ग चलचित्रतर्फ) घोषित

मनोरन्जन, समाचार
काठमाडौँ —फागुन १९। हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड नायिका शान्ता तामाङ्गले प्राप्त गरेकी छिन । हिमालकी रानी चलचित्रबाट उनले उक्त अवार्ड हात पार्न सफल भएकी छिन । राजधानीमा सम्पन्न भएको उक्त अवार्ड पाए पछि खुशीले यसको श्रेय चलचित्रमामा आवद्ध सम्पूर्णलाई दिएकी छिन । चलचित्र धादिङ्ग, नुवकोट तथा रसुवाको विभिन्न रमणीय र विकट स्थानम छायांकन गरिएको थियो । समाजसेवा सक्रिय शान्ता पेशाले पर्यटन व्यबसायी समेत हुन भने मिसेस गुरुङ्ग तथा मिसेस तामाङ्ग जस्ता लोकप्रिय ईभेन्टको आयोजक समेत हुन । एस के ईन्टरटेन्मेन्टकी प्रमुख शान्ता अभिनित चलचित्र हिमालकी रानीको च्यारीटी शो को प्रर्दशन देशका विभिन्न शहरमा भएको थियो भने नायिका शान्ताको अभिनयको खुलेरै सवैले प्रशंसा गरेका थिए ।...
प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका प्याराग्लाइडरकाे मृत्यु

प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका प्याराग्लाइडरकाे मृत्यु

समाचार, समाज
पोखरा —फागुन १९। पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका रोमानियाका नागरिक ४० वर्षीय इवे चिजरको उपचारका क्रममा मृत्यु भएकाे हाे । सराङकोटबाट सोलो उडान गरेका उनी आइतबार बिहान ११ बजेर २० मिनेटमा फेवातालमा खसेका थिए।प्याराग्लाइडिङ अवतरण गर्ने बेलामा हावाको सन्तुलन मिलाउन नसकेपछि उनी तालमा खसेका थिए। तत्कालै उनलाई उद्धार गरी मेट्रेसिटी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा दिउँसाे१२ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ।कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटनाको अनुसन्धान भइरहेको बताए। (कान्तिपुर दैनिक)...
आजको लागि तोकिएको राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

आजको लागि तोकिएको राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

राजनीति, समाचार
काठमाडौँ —फागुन १९। राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । सभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोेस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची थियो । यसैगरी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरी पारित गर्ने कार्यसूची थियो । त्यस्तै आजका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण स्थगित गरिएको सचिवालयले जनाएको छ । नेता अधिकारीको ...
अध्यक्षद्वय ओली र ‘प्रचण्ड’द्वारा अधिकारीप्रति श्रद्धाञ्जलि

अध्यक्षद्वय ओली र ‘प्रचण्ड’द्वारा अधिकारीप्रति श्रद्धाञ्जलि

राजनीति, समाचार
काठमाडौँ —फागुन १९। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको छ । मध्याह्न १२ बजेसम्म उहाँको शव पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । अहिले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण घुइँचो लागेको छ । (रासस)...