बोस्टर म्यूजिक अवार्डको सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड चर्चित गायक दिनेश गौतमले जितेका छन । बांसै काटेर बोलको गीतबाट उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन । राष्ट्रि नाचघरमा सम्पन्न भएको उक्त अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व अर्थमन्त्री एवं वरिष्ठ रचनाकार एसपी कोईराला, वरिष्ठ संगीतकार राजु सिंह लगायतले उनलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड पाए पछि खुशीले यसको श्रेय गीतमा आवद्ध सम्पूर्णलाई दिएका छन। कोसिस क्षेत्रीले दिएको संगीत एवं रचनाको उक्त गीतलाई उदय राज पौडेलले ऐरन्ज गरेका हुन । भिडियोलाई भने कार्टुन कुजले निर्माण गरेको हो ।


पैसा कसले बनायो , धनमै मान्छे रमायो जस्तो सयौ चर्चित गीतका लोकप्रिय गायक लामो समय पछि पून गायनमा सक्रिय देखिएका छन् । उनका हालै सार्वजनिक भएका फर्केर आएनौ र बांसै काटेर बोलको गीतहरु निकै चर्चामा रहेका छन । केहि गीतहरु सार्वजनिक हुने तयारीमा रहेको छ । हालै उनको पोखरामा एकल कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here