आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

नेशनल बोस्टर म्यूजिक अवार्डमा पपुलर मोडल तर्फको अवार्ड कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पारे

नेशनल बोस्टर म्यूजिक अवार्डमा पपुलर मोडल तर्फको अवार्ड कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पारे

मनोरन्जन, समाचार
काठमाडौँ — फागुन १९। राष्ट्रिय नाचघरमा सम्पन्न नेशनल बोस्टर म्यूजिक अवार्डमा यस वर्षको नेशनल बोस्टर पपुलर मोडल अवार्ड कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पार्न सफल भएका छन । लुईटेललाई अवार्ड कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व अर्थमन्त्री एवं वरिष्ठ रचनाकार एसपी कोईराला, वरिष्ठ संगीतकार राजु सिंह लगायतले उक्त अवाड प्रदान गरेका थिए । गायक स्वरुपराज आचार्यको स्वरमा रहेको मृत्यु पछि बोलको गीतमा मोडलिङ्ग गरेर कलाकार राज लुईटेलले पपुलर मोडलको अवार्ड जित्न सफल भएका हुन । रचनाकार भवानी पोख्रेलको शव्द रहेको गीतलाई लाल बहादुर सुब्वाले संगीत श्रृजना गरेका हुन भने ऐरेन्ज चन्दु गोर्खालीको रहेको थियो । भिडियोलाई छायांकार अमृत सुनुवारले खिचेका थिए । भिडियोको सम्पादन माधव बेलवासे र भिडियोको निर्देशन निर्देशक एवं संचारकर्मी नव ढुंगेलले गरेका थिए । पछिल्लो समय कलाकारिताका क्षेत्रबाट नेपाली ग...
दिवङ्गत नेकपाका नेता भरतमोहन अधिकारीको पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै अन्त्येष्टि

दिवङ्गत नेकपाका नेता भरतमोहन अधिकारीको पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै अन्त्येष्टि

राजनीति, समाचार
काठमाडौँ — फागुन १९। शनिबार राति उपचारका क्रममा दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ । अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आज नै पशुपति आर्यघाटमा अधिकारीको अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।...
राजधानीमा “मिस्टर एण्ड मिस एसईई सुपरस्टार, २०१९” को आयोजना हुदै, अडिसन फाराम धमाधम वितरण

राजधानीमा “मिस्टर एण्ड मिस एसईई सुपरस्टार, २०१९” को आयोजना हुदै, अडिसन फाराम धमाधम वितरण

मनोरन्जन, समाचार
काठमाडौँ — फागुन १७। राजधानीमा "मिस्टर एण्ड मिस एसईई सुपरस्टार, २०१९" को आयोजना हुने भएको छ। राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा बिभिन्न सौन्दर्य प्रतियोगिता तथा अवार्ड कार्यक्रमहरु भव्य रुपमा संचालन गर्न सफल मोडल सङ्ग्स नेपालको आयोजनामा हुन लागेको यस सौन्दर्य प्रतियोगितामा एसईई परिक्षा दिएर बसेका युवा तथा युवतीहरुले भाग लिन पाउनेछन । एसईई दिएर बसेका युवा तथा युवतीहरुको खाली समय सदुपयोग गर्दै मोडलिङमा आफ्नो भविष्य बनाउन खोजिरहेकाहरुलाई प्रोत्साहन तथा उनीहरुको क्षमता अभिवृद्दि गर्ने उद्देश्यले यस "मिस्टर एण्ड मिस एसईई सुपरस्टार, २०१९" सौन्दर्य प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिनुभयो । प्रतियोगिताको अडिसन भने यहि चैत्र २३ र ३० गत्ते बानेश्वरस्थित रेड डाएमण्ड रेस्टुरेन्टमा हुने छ । आयोजक राजपुतका अडिसनमार्फत छनौट हुने प्रतिस्पर्धी...
होली पुर्णिमाको अवसरमा दमौलीमा होली महोत्सव हुँदै

होली पुर्णिमाको अवसरमा दमौलीमा होली महोत्सव हुँदै

मनोरन्जन, समाचार
काठमाडौँ — फागुन १७। दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । बिहीबार पुतलीसडक स्थित यूनिक्याम्पस ग्लोबलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी गराईएको हो । फागुपुर्णिमाको अवसरमा आगामी चैत ६ गते रोटरी क्लब अफ दमौली , रोट्रायाक्ट क्लब अफ दमौली र युनि क्याम्पस ग्लोबल (वैदेशिक शिक्षा परामर्शदाता) ले दमौलीमा संयुक्त रुपमा होली महोत्सवको आयोजना गर्न लागेको जानकारी पत्रकार सम्मेलन माझ गराईएको छ । एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना अादान प्रदान गर्ने र सामाजिसद्भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बताए । मनोरञ्जनको माध्यमबाट समेत स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने हुँदा होली महोत्सव अायोजना गर्न लागिएको श्रेष्ठले प्रष्ट पारे । सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रत...
नेपालका ९ वटा ‘ए’ डिभिजन क्लबले पाए मान्यता

नेपालका ९ वटा ‘ए’ डिभिजन क्लबले पाए मान्यता

खेलकुद, समाचार
काठमाडौँ — फागुन १७। नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीसहित ९ वटा ‘ए’ डिभिजन क्लबले क्लब लाइसेन्सिङको मान्यता प्राप्त गरेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले मापदण्ड पुरा गरेका ९ क्लबलाई क्लब लाइसेन्सिङको मान्यता दिएको हो । क्लब लाइसेन्स पाउने क्लबहरुमा मनाङसहित थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, च्यासल युथ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, सशस्त्र प्रहरीको एपीएफ टिम र नेपाल पुलिस क्लब छन् । १४ वटा क्लबले लाईसेन्सिङका लागि आवेदन दिए पनि ९ वटाले मात्रै पाएका हुन् । बाँकी ५ क्लबले मापदण्ड पूरा गर्न सकेनन् । क्लब लाईसेन्सिङ पाएका क्लबहरु एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने कुनै पनि फुटबल प्रतियोगिता खेल्न योग्य भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१८ सम्म सदस्य राष्ट्रका सबै क्लबमा अनिवार्य लाइसेन्स प्रणाली लागु गर्न...
नेपाली फुटबलको विकासमा चीनले सहयोग गर्ने

नेपाली फुटबलको विकासमा चीनले सहयोग गर्ने

खेलकुद, समाचार
काठमाडौँ — फागुन १७। नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चिनियाँ फुटबल सङ्घबीच सहकार्य हुने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ फुटबल सङ्घ र एन्फाबीच यससम्बन्धी सम्झौतापत्रमा आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाई र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार वर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा दुवै देशको राष्ट्रिय टोलीको आदानप्रदान, पूर्वाधार विकासमा सहकार्य र प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्ने उल्लेख छ । त्यसैगरी दुईदेशबीच मैत्रीपूर्ण खेल खेलाइने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा हस्ताक्षरपछि एन्फा अध्यक्ष शेर्पाले दुई छिमेकीबीचको सहकार्य नेपाली फुटबल विकासका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो । अध्यक्ष शेर्पाका अनुसार अब नेपालमा हुने प्रतियोगितामा चीनको प्रान्तिय र तेस्रो...
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सबै मृतकलाई टुँडिखेलमा श्रद्धाञ्जली

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सबै मृतकलाई टुँडिखेलमा श्रद्धाञ्जली

समाचार, समाज
काठमाडौँ — फागुन १७। ताप्लेजु‌ङमा बुधबार भएकाे हेलिकप्टर दुर्घटनामा निधन भएका सबैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएकाे छ । बिहान ८ बजे देखि सुरु भएकाे श्रद्धाञ्जली कार्यक्रम ११ बजेसम्म चल्ने छ । दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन्। प्रधानमन्त्री ओलीले दिवंगत मन्त्री अधिकारीलगायतलाई राष्ट्रिय झण्डाओढाएका थिए। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री अधिकारीलाई पार्टीकाे झण्डा अाेढाएका थिए । मृतकका आफन्त, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेताहरु लगायत सर्वसाधारण पनि टुँडिखेल पुगेका छन्। श्रद्धाञ्जली पछि...
कांग्रेस सभापति देउवा निर्मलाको घरमा पुगे

कांग्रेस सभापति देउवा निर्मलाको घरमा पुगे

समाचार, समाज
कञ्चनपुर— फागुन १७। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निर्मला पन्तको घरमा पुगेका छन् । गत साउनमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मलाको परिवारलाई भेट्न देउवा शुक्रबार बिहान उनको घर पुगेका हुन् । निर्मलाकी आमा दुर्गादेवीलाई सान्त्वना दिँदै उनले निर्मलाका लागि न्यायको लडाई लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व भएको बताए । उनले निर्मलाका लागि न्याय दिलाउन आफू र आफ्नो पार्टीका तर्फबाट निरन्तर खबरदारी गर्ने पनि बताए । (ईमेज खबर)...
पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीबारे भारतमै शंका, मोदीसँग प्रमाण मागियो

पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीबारे भारतमै शंका, मोदीसँग प्रमाण मागियो

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली— फागुन १६। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न चुनावमा आफ्नो लोकप्रियता बढाउनका लागि पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीको भ्रम फैलाएको आरोप लगाइएको छ । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय प्रधानमन्त्री मोदीसँग सैन्य कारवाहीको प्रमाण देखाउन माग गरेकी हुन् । उनले भारतीय वायुसेनाको कारवाहीमाथि आशंका प्रकट गर्दै प्रमाण देखाउन चुनौती दिएकी हुन् । मुख्यमन्त्री ममताका अनुसार पाकिस्तानी भूमिमा गरिएको भनिएको सैन्य कारवाहीबारे अनेक आशंका देखिएका छन् । कथित कारवाहीपछि प्रधानमन्त्री मोदीले सर्वदलीय बैठक नबोलाउनु, कुनै प्रकारको विश्वासिलो आधार र प्रमाण नदेखिनु जस्ता विषयले आशंका बढाएको उनको तर्क छ । उनले भारतीय मिडियाको एउटा वर्गले युद्धको माहौल तयार पारिरहेको आरोपसमेत लगाइन् । केन्द्र सरकारले मिडियामाथि नियन्त्रण बढाएर एकतर्फी रुपमा उत्तेजित समाचार प्र...
पाकिस्तान सुपर लिग (पीएसएल) मा उत्कृष्ट लयमा सन्दीप, सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा

पाकिस्तान सुपर लिग (पीएसएल) मा उत्कृष्ट लयमा सन्दीप, सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा

खेलकुद, समाचार
काठमाडौं— फागुन १६। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली लाहोर कलान्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज (बिहीबार) कराँची किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने १० बजे कराँची र कलान्दर्सबीचको खेल हुनेछ । लेगस्पिनर सन्दीपले पीएसएलमा आफ्नो प्रभाव कायम गर्न सफल भएका छन् । पीएसएलको आफ्नो पहिलो खेलमा सन्दीप महंगा सावित भएका थिए । त्यसपछिका दुई खेलमा सन्दीप लगातार आफ्नो बलिङ कसिलो गर्दै विपक्षी ब्याट्सम्यानमाथि हावी भइरहेका छन् । बुधबार सन्दीपले आफ्नो करियरको उत्कृष्ट बलिङ प्रदर्शन गरे । पीएसएलको पहिलो खेलमा सुल्तान मुल्तानविरुद्ध ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर २ विकेट लिएका सन्दीपले क्वेटा विरुद्धको खेलमा ४ ओभर नै बलिङ गरेर २० रन खर्चदै १ विकेट लिएका थिए । सन्दीपले आफ्नो तेस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै क...