भरतमोहन अधिकारी

काठमाडौँ — फागुन १९।

शनिबार राति उपचारका क्रममा दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।

अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आज नै पशुपति आर्यघाटमा अधिकारीको अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here