बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

खेलकुद

ईपीएल क्रिकेटमा विराटनगरले रोमान्चक जित निकाल्यो, सुपर ओभरमा पोखरा पराजित

ईपीएल क्रिकेटमा विराटनगरले रोमान्चक जित निकाल्यो, सुपर ओभरमा पोखरा पराजित

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२५। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर क्रिकेट मैदानमा आज भएको रोमान्चक खेलमा विराटनगरले पोखरा राईनोजलाई सुपर ओभरमा पराजित गर्‍यो । खेलको निर्धारित २० ओभरमा पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउनेक्रममा विराटनगरले ८४ रन मात्रै बनाएपछि स्कोर बरबरी भयो । पछि एक ओभरको निर्णायक खेलमा विराटनगरका लागि करण केसीले २० रन जोडे । २१ रनको चुनौती पछ्याएको पोखराले १३ रन मात्रै बनाउन सक्यो । जितसँगै विराटनगरले ईपिएल क्रिकेटको अंक तालिकामा २ खेलबाट ४ अंक जोडेको छ । लगातार तिन खेल हारेको पोखरा भने अंकबिहिन अवस्थामा छ । ईपिएल क्रिकेटमा आजै हुने दोस्रो खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाईगर्सले सरद भेषावकरको भैरहवा ग्ल्याडिएटर्ससँग खेल्दैछ ।...
भारतमा जारी विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा फ्रान्स र इङ्ल्यान्ड

भारतमा जारी विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा फ्रान्स र इङ्ल्यान्ड

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२५ । फ्रान्स र इङ्ल्यान्डले विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा आ-आफ्नो स्थान सुरक्षित गरेका छन् । गएराति भएका प्ले अफ खेलमा जित हात पार्दै फ्रान्स र इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । भारतको ओडिसामा जारी प्रतियोगिताको प्ले अफमा फ्रान्सले चीनलाई १–० ले हराउँदा इङ्ल्यान्डले न्यूजिल्याण्डमाथि २–० को महत्वपूर्ण जीत निकाल्यो । फ्रान्सले अब क्वाटरफाइनलमा अस्ट्रेलियासँग खेल्दा इङ्ल्यान्डले भने अर्जेन्टिनाको सामना गर्नेछ । विश्वकप हक्कीको प्ले अफ चरणका बाँकी दुई खेल आज हुनेछन् । आज पाकिस्तानले बेल्जियमसँग खेल्दा नेदरल्यान्ड्स र क्यानडा आमनेसामने हुनेछन् ।...
पोखरालाई ८ विकेटले पराजित गर्दै ललितपुर इपीएल क्रिकेटको शीर्ष स्थानमा प्रवेश

पोखरालाई ८ विकेटले पराजित गर्दै ललितपुर इपीएल क्रिकेटको शीर्ष स्थानमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं, मंसिर २४ । पोखरा राइनोजलाई ८ विकेटले हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा ललितपुरले पोखरालाई हराउदै ८ विकेटले विजयी भएको हो । पोखराले दिएको १६७ रनको चुनौती ललितपुरले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर सजिलै पूरा गर्‍यो । ललितपुरका लागि सुरुवाती ब्याट्सम्यानको रुपमा आएका गौरव तोमरले सर्वाधिक ८२ रन जोड्दा जयकिसन कोल्सवालाले ५१ रन जोड्न सफल भए । खेलमा, टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल जोडेको थियो । पोखराको लागि भने दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभिले ८४ रन जोड्दा विनोद भण्डारीले अविजित ३४ रन जोडेका थिए । बलिङतर्फ ललितपुरका पवन सराफले ३ विकेट लिएर टिमको जित सहज बनाए ।...
टी-२० क्रिकेट लिग बिग बास खेल्न सन्दीप लामिछाने अष्ट्रेलियातर्फ

टी-२० क्रिकेट लिग बिग बास खेल्न सन्दीप लामिछाने अष्ट्रेलियातर्फ

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२४ । नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् । बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अष्ट्रेलियातर्फ प्रस्थान गर्न लागेका हुन् । शनिबारको उद्घाटन खेलमा सन्दीपले विराटनगर वारियर्सविरुद्ध दुई तथा आइतबार चितवन टाइगर्सविरुद्ध तीन विकेट लिएका थिए । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्न लागेका हुन् । बिग बास लिग यहि पुस ४ गतेदेखि शुरु हुँदैछ । बिबिएल भन्दा अगाडि नै बङ्गलादेश प्रिमियर लिग बिपिएलमा अनुबन्ध भइसकेका सन्दीपले बिबिएलको केही खेले खेलेर सिधै बङ्गलादेशतर्फ जाने छन् । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत अनुबन्ध भइसकेका छन् । ...
ईपीइल लिगमा चितवन ६ विकेटले पराजित, काठमाडौं किङ्सको विजयी सुरुवात

ईपीइल लिगमा चितवन ६ विकेटले पराजित, काठमाडौं किङ्सको विजयी सुरुवात

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२४ । काठमाडौं किङस इलाभेनले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै सोमपाल कामीको कप्तानीमा रहेको काठमाडौंले विजयी सुरुवात गरेको हो । टियु क्रिकेट मैदानमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर भेट्यो । काठमाडौंको जितमा भारतीय खेलाडी सुब्रमनियन आनन्दले १८ बलमा अविजित रहदै ४३ रन जोडे । सुब्रमनियन प्लेयर अफ दि म्याच भए । यस्तैमा अमर सिंह रौटेला २१ रनमा अविजित रहे । त्यस्तै काठमाडौंका लागि सागर पुनले ३९ रन जोड्दा नरेश बुढाएरले २२ तथा अमित श्रेष्ठले १८ रन को योगफल जोडे । चितवनकालागि साहब आलमले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा अलआउट हुनुपूर्व १६० रनको ...
इपीएल लिगमा ललितपुरको पहिलो जित, चितवन राइनोज ११ रनले पराजित

इपीएल लिगमा ललितपुरको पहिलो जित, चितवन राइनोज ११ रनले पराजित

खेलकुद, समाचार
काठमाडौं, मंसिर २३ । शनिबारदेखि राजधानीमा सुरु भएको तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत आइतबार भएको खेलमा ललितपुर प्याट्रीयट्सले आफ्नो पहिलो जित निकालेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले पराजित गरेकाे छ । टियू क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १४४ रनको चुनौती पछ्याउँने क्रममा चितवन निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रनमा सिमित रह्यो । चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडे भने कप्तान पृथु बास्कोटाले २६ तथा भिम सार्कीले २१ रन जोडेका थिए । उता ललितपुरका लागि भने सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङमा उत्रेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन जोडेको थियो । ललितपुरका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ८ बलमा...
इपीएलको सुरुवाती खेलमा पारसको विराटनगरले ज्ञानेन्द्रको ललितपुरलाई ३ विकेटले हरायो

इपीएलको सुरुवाती खेलमा पारसको विराटनगरले ज्ञानेन्द्रको ललितपुरलाई ३ विकेटले हरायो

खेलकुद, समाचार
काठमाडौं, मंसिर २३ । शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिगको पहिलो खेलमा विराटनगर वारियर्सले विजयी सुरुवात गरेको छ ।निकै नै रो्मान्चक भएको खेलमा विराटनगर वारियर्स ३ विकेटले विजयी भएको छ । ललितपुर प्याट्रियट्सले दिएकाे एक सय ५ रनको सामान्य लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेटकाे क्षतिमा प्राप्त गरेकाे हाे । लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि करण केसीले नटआउट रहदै ३६ रनकाे याेगदान गरे। विराटनगरका लागि अनिल शाहले ११ रन, आशिफ शेखले १९ रनको योगदान गरे । ललितपुरका लागि बलिङतर्फ भने गौरव टोमारले सर्वाधिक ३ विकेट लिए । यस्तै सन्दिप लामिछानेले २ विकेटलिदा ललित राजवंशीले १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ४ रन जोड्न सफल भएको थियाे । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रनकाे याेगदान गरे । अन्य ब्याट्सम्यान जयकिशन कोल...
यासिरले राखे सर्वाधिक छिटो २ सय विकेटको किर्तिमानी

यासिरले राखे सर्वाधिक छिटो २ सय विकेटको किर्तिमानी

खेलकुद, समाचार
काठमाडौं, मंसिर- २१ । पाकिस्तानका भरपर्दा लेग स्पिनर वलर यासिर साहले टेस्ट क्रिकेट इतिहासमै सर्वाधिक छिटो २ सय विकेट लिने बलरको किर्तिमानी कायम गरेका छन । यासरले आजभन्दा ८६ वर्ष पुरानो रेकर्ड तोडेका हुन् । सन् १९३६ मा अस्ट्रेलियाका लेग स्पिनर कारिए ग्रिमेन्टले ३६ टेस्टमा २ सय विकेट लिएर रेकर्ड कायम गरेका थिए । यासिरले भने ३३ टेस्ट खेलबाट २ सय विकेटको सफलता हासिल गरेका छन् । यासिरले यसअघि नै ५० तथा १०० विकेटमा पनि विश्वरेकर्ड कायम गरेका छन् । उनले ९ टेस्टबाट ५० विकेट लिदै रेकर्ड राख्दै गर्दा १७ टेस्ट खेलेर सय विकेटको अर्को रेकर्ड समेत राख्न सफल भएका थिए । तेस्रो तथा अन्तिम टेस्टमा यासिरको उत्कृष्ट प्रदर्शन देखिए पनि न्युजिल्यान्डले पाकिस्तानविरुद्ध १ सय ९८ रनको अग्रता लि्न सफल रह्यो ।...
कोपा डेल रेको प्रिक्वाटरफाइनलमा रियाल मड्रिडको स्थान सुरक्षित

कोपा डेल रेको प्रिक्वाटरफाइनलमा रियाल मड्रिडको स्थान सुरक्षित

खेलकुद, समाचार
काठमाडौं, मंसिर- २१ । रियाल मड्रिडले दोस्रो डिभिजनको मिलिला फुटबल क्लबलाई पाखा लगाउँदै स्पेनिस किङ्स कप अर्थात कोपा डेल रे को प्रिक्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराति भएको दोस्रो लिगको खेलमा ६–१ को फराकिलो नतिजा निकाल्दै रियाल मड्रिडले अन्तिम १६ मा आफ्नोन स्थान सुरक्षित गरेको हो । यसअघि भएको पहिलो लिगमा ४–० को स्पष्ट जित निकालेको रियाल मड्रिडले समग्रमा १०–१ गोल अन्तरको फराकिलो जित हात पारेको हो । गएराति भएको एकतर्फी खेलमा रियालका लागि मार्को एसेन्सियो र इस्कोले २–२ गोल गर्दा हाभियर सान्चेज र भिनिसियस जुनियरले एक एक गोल थपे । कोपा डेल रे फुटबल प्रतियोगिताका अन्य खेलमा विजयी हुँदै स्पोर्टिङ गियोन, लेभान्ते, एथ्लेटिक बिल्बाओ र रियाल बेटिस पनि प्रि क्वाटरफाईनलमा प्रवेश गरिसकेका छन् ।...
आतंकवादी समूह तालिवानीको चेतावनीपछि ‘लिटिल मेसी’को परिवार देश छाड्न विवश

आतंकवादी समूह तालिवानीको चेतावनीपछि ‘लिटिल मेसी’को परिवार देश छाड्न विवश

खेलकुद, समाचार
काठमाडौं, मंसिर- २१ । आतंकवादी समूह तालिवानीको चेतावनीपछि अफगानिस्तानमा ‘लिटिल मेसी’को नामले परिचित मुर्जता अहमेदीको परिवारले आफ्नो देश छाडेको छन । तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाँउमा बसिरहेका लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएपछि उनिहरु देश छोड्न विवश भएका हुन । सन् २०१६ मा मेसीको नाम र नम्बर लेखिएको प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी धेरै नै चर्चामा आएका थिए । ७ वर्षका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण आफूहरु गाउँमा सुरक्षित रहन नसकेको जनाएका छन् । जसका कारण उनीहरु त्यो ठाँउमा नै प्रतिबन्धित हुनसक्ने अवस्था आएको जनाए । सन् २०१६ मा उनीहरु पाकिस्तानमा केही समय सम्म शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु फेरि स्वदेश फर्किएका थिए । आफ्नो ड्रिम हिरोको रुपमा लिने मेस्सि...