शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

खेलकुद

विराटनगरविरुद्द काठमाडौं ५ विकेटले विजयी, पारसको टिम बाहिरियो

विराटनगरविरुद्द काठमाडौं ५ विकेटले विजयी, पारसको टिम बाहिरियो

खेलकुद, समाचार
काठमाडौं, पुष-०२। एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको प्लेअफ समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा काठमाडौं किंग्स–११ ले विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको हो । विराटनगर वारियर्सले दिएको १०१ रनको सामान्य चुनौती काठमाडौंले १७ ओभर ५ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो । केभिन ओ'ब्राइनले काठमाडौंका लागि ४३ बलमा अविजित रहँदै ४५ तथा प्रर्दीप साहुले २३ बलमा २१ रन जोड्दा विराटनगरका कप्तान पारस खड्का र रोएलोफ् भान्डर मार्वेले समान २/२ विकेट लिए । खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ५ बलमै अलआउट हुँदै १०० बनाएको थियो । काठमाडौंका लागि अलराउन्डर ओ'ब्राइनले ३, रोहन मुस्तफा, साहु र बिक्रम भुसालले समान २/२ विकेट लिएका थिए । जितसँगै काठमाडौं क्वालिफायरमा ...
मेस्सीको ह्याट्रिकमा लेभान्तेमाथि बार्सिलोनाले फराकिलो जित

मेस्सीको ह्याट्रिकमा लेभान्तेमाथि बार्सिलोनाले फराकिलो जित

खेलकुद, समाचार
काठमाडौं, पुष-०२। लेभान्तेलाई ५–० गोल अन्तरले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई कायम राखेको छ । गएराती भएको खेलमा बार्सीलोनालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे । ला लिगामा किर्तीमानी खेलाडी मेस्सीको यो ३१ औं ह्याट्रिक हो । गएराती बार्सीलोनाको जितकोन लागि लुइस सुवारेज र जेरार्ड पिकेले थप एक एक गोल थपे । गएरातीको जितपछि बार्सिलोनाले ३४ अंक बनाउदा दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ । ...
बेल्जियमले जित्यो विश्वकप हक्की प्रतियोगिताको उपाधि

बेल्जियमले जित्यो विश्वकप हक्की प्रतियोगिताको उपाधि

खेलकुद, समाचार
काठमाडौं, पुष-०२। भारतको ओडिसामा जारी विश्वकप हक्की प्रतियोगिताको उपाधि बेल्जियम जितेको छ । जारी प्रतियोगिताको फाइनल खेलमा युरोपेली प्रतिद्धन्दी नदेरल्यान्ड्सलाई सुट आउटमा ३–२ ले पराजित गर्दै बेल्जियमले पहिलोपटक विश्वकप हक्की प्रतियोगिता जितेको हो । बेल्जीयमलाई उपाधि दिलाउन गोलकिपर भिन्सेन्ट भानास्चले केही महत्वपूर्ण बचाउ गरे । जितसँगै बेल्जीयम विश्व हक्की वरियताको शिर्ष स्थानमा उक्लिएको छ । बेल्जीयमले विश्व खेलकुदको कुनैपनि विधामा विश्वकप उपाधि जितेको यो पहिलो पटक हो । तेस्रो स्थानको लागि हिजै भएको अर्को खेलमा इङ्ल्यान्डलाई ३–१ ले हराउँदै अष्ट्रेलिया विजयी भएको छ ।...
विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका महेश्वर महर्जनलाई स्वर्ण

विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका महेश्वर महर्जनलाई स्वर्ण

खेलकुद, समाचार
काठमाडौं, पु्ष-०१ । विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी समुहमा स्वर्ण पदक जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाए । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । य...
ला–लिगा फुटवलमा रायो भ्यालेकानोलाई  १–० गोलले हराउदै रियाल मड्रिड विजयी

ला–लिगा फुटवलमा रायो भ्यालेकानोलाई १–० गोलले हराउदै रियाल मड्रिड विजयी

खेलकुद, समाचार
काठमाडौं, पुष-०१ । स्पेनिस ला–लिगा फुटवलमा गएराति घरेलु मैदानमा रियाल मड्रिडले जित हात पारेको छ । खेलमा रियाल मड्रिडले रायो भ्यालेकानोलाई १–० गोलले हराएको हो । उसको जितमा करिम बेन्जिमाले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । रियालले जितसँगै १६ खेलबाट २९ अंक बनायो भने पराजित रायो भ्यालेकानोले भने १६ खेलबाट १० अंक मात्रै बनाएको छ । गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भ्यालाडोलिडलाई ३–२ ले पराजित गरेको छ । त्यसैगरी इल्बार र भ्यालेन्सिया १–१ गोलको बराबरीमा रोकिदा गेटाफेले रियल सोसाइडेडलाई भने १–० गोलअन्तरले पराजित गरेको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १५ खेलबाट ३१ अंक छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको पनि १६ खेलबाट ३१ अंक नै भएको छ ।...
ग्राबियल जिससको उत्कृष्ट प्रदर्शनपछि म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

ग्राबियल जिससको उत्कृष्ट प्रदर्शनपछि म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

खेलकुद, समाचार
काठमाडौं, पुष-०१ । इङ्लिस प्रिमियर लिग फुटबलको साविक विजेता म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटीको जितमा ग्राबियल जिससले दुई गोल गरे भने रहिम स्टर्लिङले अर्को एक गोल थपेका थिए । एभर्टनका लागि भने डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए । सिटीको जितमा जिससले खेलको २२ औं र ५० औं मिनेटमा गोल गरेका थिए । त्यस लगत्तै खेलको ६५ औं मिनेटमा एभर्टनका लेविनले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । फेरि ६९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए । जितसँगै साविक विजेता सिटीले लिभरपुललाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको छ । उपाधि जित्ने होडमा सिटीले १७ खेलबाट ४४ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको भने ४२ अंक छ । सिटीसँग पराजित एभर्टन २४ ...
‘ए’ डिभिजन लिग फुटबलमा पुलिस क्लवले फ्रेन्ड्सलाई ५–० ले हरायो

‘ए’ डिभिजन लिग फुटबलमा पुलिस क्लवले फ्रेन्ड्सलाई ५–० ले हरायो

खेलकुद, समाचार
काठमाडौं, मंसिर २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिस ५–० गोलको फराकिलो अन्तरले विजयी भएको हो । खेलमा पुलिसको जितमा निरकुमार राई, तेज तामाङ, भरत शाह, रविशंकर पासवान र अभिषेक रिजालले १/१ गोल गरे । जितसँगै पुलिसले जारी लिगमा ८ खेलबाट १४ अंक जोड्दै पाँचौं स्थानको आफ्नो पकडलाई बलियो पारेको छ । पराजित टोली फ्रेन्ड्स क्लब भने ५ अंकसहित लिग तालिकाको ११औं स्थानमा रहेको छ ।...
माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा नेपाली गोलकिपर किरण  चेम्जोङ

माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा नेपाली गोलकिपर किरण चेम्जोङ

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२७ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयन सुचीमा परेका छन् । माल्दिभ्स फुटबल डटकम र फुटबल एसोसिएसन अफ माल्दिभ्सले संयुक्तरुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोलकिपरको मनोनयनमा नेपाली गोलरक्षक किरण समेत परेका हुन् । अवार्डको विजेता घोषणा भने आगामी पुस ३ गते एक समारोहविच गरिनेछ । विगत केहि समयदेखी किरण टीसी स्पोर्टस् क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् । किरणकै टोलीले यस वर्षको लिग जितेको छ । उनीसँग मोहमद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन् । क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ । यसअघि, नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इन्डोनेसियामा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए । रासस...
दोरम्बा गाउँपालिका उपाध्यक्ष कपमा सहभागी हुने विधार्थी र प्रशिक्षकलाई साउथवेस्टन स्कुलद्वारा विदाई

दोरम्बा गाउँपालिका उपाध्यक्ष कपमा सहभागी हुने विधार्थी र प्रशिक्षकलाई साउथवेस्टन स्कुलद्वारा विदाई

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२७ । रामेछापको दोरम्बामा पहिलोपटक ३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँते प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगीताको लागि साउथवेस्टन स्कुलका तर्फबाट विभिन्न तौल समूहका विद्यार्थीहरुले सहभागीता जनाउने भएका छन् । प्राचार्य मनोज आचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख दीपक भण्डारीले आज एक समारोहका विच सहभागी खेलाडिहरु तथा कराँते प्रशिक्षक सरिता सापकोटालाई सफलताको शुभकामना दिदै विदाई गर्नु भयो । उक्त टोली यहि मंसिर २८ गते बिहान प्रतियोगिताका लागि काठमाडौं बाट दोरम्बातर्फ जाने जाने कार्यक्रम रहेको प्रशिक्षक सरीता सापकोटाले जनाउनुभयो । विगत लामो समयदेखि साउथवेस्टन स्कुलले आफ्ना बिद्यार्थीहरुलाई नियमित पढाइका साथसाथै अतिरिक्त क्रिकलापहरुमा पनि विशेष जोड दिदै आएको छ । दक्ष प्रशिक्षक, कुशल व्यवस्थापन तथा विद्यार्थीहरुको अथक परिश्...
ईपीएल क्रिकेटमा विराटनगरलाई ४ विकेटले हराउदै दुई खेल अघि नै भैरहवा प्लेअफमा

ईपीएल क्रिकेटमा विराटनगरलाई ४ विकेटले हराउदै दुई खेल अघि नै भैरहवा प्लेअफमा

खेलकुद, समाचार
काठमाडौं, मंसिर २६ । एभरेस्ट प्रिमियर लिग(इपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा भैरहवा ग्याडियटर्स विराटनगरलाई ४ विकेटले हराउदै विजयी भएको छ । जितसंगै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । विराटनगरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भैरहवा ग्याडियटर्सले टस जित्दै विराटनगरलाई ब्याटिङका निम्ताे दिएपछि विराटनगरले १८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर ९१ बनाएकाे थियाे । टिमको जितमा प्रदिपसिंह ऐरीले १० रन, इन्दर सिंहले १२ , रायन टेन्डेसकाटेले २० रन, शरद भेष्वकारले १६ रनको योगदान दिए । उता विराटनगरका लागि राेलेफ भान डी मर्वीले सर्वाधिक २५ रन, करण केसीले १८ रन, सुमित माहाराजे १५ रन र हरि चाैहानले १३ रनको योगदान दिनु बाहेक अन्य खेलाडिले उल्लेख्य प्रदर्शन गर्न सकेनन । विराटन...