शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

खेलकुद

लामिछानेको टिमले अस्ट्रेलियन लिग बिग बासमा आज दोस्रो खेल खेल्दै

लामिछानेको टिमले अस्ट्रेलियन लिग बिग बासमा आज दोस्रो खेल खेल्दै

खेलकुद, समाचार
काठमाडौं, पुस- ९ । अस्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बास मा आज नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो दोस्रो खेल खेल्दैछ । लामिछानेको टोली लिगको पहिलो खेलमा सिड्नी थन्डर्ससंग डि.एल मेथड अनुसार १५ रनले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा लामिछाने रहेको मेलबर्न स्टार्सले होबर्ट हरीकन्ससँग खेल्ने छ । होबर्टले भने आफ्नो पहिलो खेलमा ब्रिसबेन हिटलाई पराजित गरेको थियो । सिड्नी विरुद्धको पहिलो खेलबाटै बिग बास लिगमा डेब्यु गरेका लामिछानेले लिगको पहिलो खेलमै २ विकेट लिएकाका थिए ।...
रियाल मड्रिडलाइ लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि

रियाल मड्रिडलाइ लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि

खेलकुद, समाचार
काठमाडौं, पुष-८ । फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले लगातार तेस्रो पटक जितेको छ । गएराति युएईको आबुधाबीमा सम्पन्न फिफा क्लब विश्वकप फुटबलको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४– १ गोल अन्तरले हराउँदै रियालले लगातार तेस्रो पटक यो उपाधि जितेको हो । खेलमा रियाललाई विजयी गराउन लुका मोड्रिच, मार्कस लोरेन्ते र सर्जियो रामोसले एक–एक गोल गर्दा अल आइनका याहिया नादिरले एक आत्मघाती गोल गरेका थिए । यसअघि रियाल मड्रिडले सन् २०१६ र २०१७ मा पनि फिफा क्लब विश्वकपको उपाधिमा आफ्नो बर्चस्व कायम गरेको थियो । समग्रमा भने रियालले यो चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।...
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मच्छिन्द्रको पहिलो जित, सरस्वती ४–२ ले पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मच्छिन्द्रको पहिलो जित, सरस्वती ४–२ ले पराजित

खेलकुद, समाचार
काठमाडौं, पुस ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा मच्छिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो । १० खेल खेलेको मच्छिन्द्रले लिगमा शीर्ष तीन अंक जोडेको यो पहिलोपटक हो । मच्छिन्द्रको जितमा कप्तान विशाल राई, विदेशी खेलाडी भसाडिया डाइमान्डे, अनिल गुरुङ र विकास राईले एक/एक गोल गरे । खेलमा सुरुआती अग्रता भने सरस्वतीले लिएको थियो । खेलको चौथो मिनेटमा मच्छिन्द्रका खेलाडी सञ्जय राजबहाकले सरस्वतीका लागि आत्मघाती गोल गरे । त्यस्तै, खेलको पहिलो हाफको १६औं मिनेटमा मच्छिन्द्रका विशालले एक गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । विशालले गोल गरेको चार मिनेट पनि बित्न नपाउँदै ...
अस्ट्रेलियन क्रिकेट लिग बिग बास डेब्यूमै लिए सन्दीपले दुई विकेट

अस्ट्रेलियन क्रिकेट लिग बिग बास डेब्यूमै लिए सन्दीपले दुई विकेट

खेलकुद, समाचार
काठमाडौं, पुस-६ । अस्ट्रेलियाको बिग बास लिगमा डेब्यू गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध पहिलो ओभरमै २ विकेट लिएका छन । आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमै पहिलो विकेट लिएका थिए । पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बलमा सेन वाट्सनलाई निक लार्किनमार्फत् क्याच गराएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरको अन्तिम बलमा कलुम फर्गुसनलाई कट एन्ड बोल्ड गरेका थिए । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिए । ८ ओभर सकिँदा सम्म सिड्नी ३ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ । पहिलो विकेट मेलबर्नका एडम जम्पाले लिएका थिए । क्यानबेराको मनुका ओभलमा सन्दीपको टोली मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । बिग बास लिग खेल्ने सन्दीप एसोसिएट राष्ट्रका पहिलो खेलाडी हुन् । इन्डियन प्रिमियर लि...
अष्ट्रेलियाको चर्चित क्रिकेट लिग  बिग बासमा सन्दीपको आज पहिलो खेल खेल्दै

अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासमा सन्दीपको आज पहिलो खेल खेल्दै

खेलकुद, समाज
काठमाडौं, पुस-६ । अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बास मा नेपाली स्टार खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ । यो खेलमा सन्दिप टिममा पर्ने सम्भावना उच्च रहेको छ । सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि टिमले सार्वजनिक गरेको नामावलीमा सन्दीपको नाम समेत रहेको छ । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट सुरू हु्दैछ । टिमले सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा नेपाली बलर सन्दीप लामिछाने पनि छन् । कप्तान ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेसँगै वेष्ट इन्डिजका अलराउण्डर ड्वाइने ब्राभो पनि रहेका छन् ।...
काठमाडौंलाई हराउँदै भैरहवा इपीएलको फाइनलमा, काठमाडौं ६ विकेटले पराजित

काठमाडौंलाई हराउँदै भैरहवा इपीएलको फाइनलमा, काठमाडौं ६ विकेटले पराजित

खेलकुद, समाचार
काठमाडौं, पुस ५ । एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीबार भएको एलिमिनेटरको खेलमा काठमाडौं किंग्स–११ लाई हराउँदै भैरहवा ग्ल्याडिएटर्स फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले दिएको एक सय एक रनको लक्ष्य भैरहवाले ४ विकेटको क्षतिमा १७.४ ओभरमा पुरा गरेको हो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौंलाई ६ विकेटले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्सविरुद्ध उपाधि भिडन्त तय गरेको हो । खेलमा काठमाडौंले दिएको १०१ रनको चुनौती भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भैरहवाका लागि नेदरल्यान्ड्सका खेलाडी रायन टेन डोस्चेटले ४५ रन बनाउँदा भारतका रवीइन्दर सिंहले ३१ रन जोडे । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा अलआउट हुँदै १०० मात्रै बनाएको थियो । ...
युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा, बेलले गरे ह्याट्रिक

युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा, बेलले गरे ह्याट्रिक

खेलकुद, समाचार
काठमाडौं, पुस ५ । युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । युएईको आबुधाबीमा जारी प्रतियोगिताको सेमिफाइनलमा एसियाली च्याम्पियन कासिमा एन्टलर्सलाई ३–१ गोल अन्तरले हराउँदै रियाल मड्रिड फाइनलमा पुगेको हो । जापानी फुटबल क्लब कासिमाविरुद्ध स्पेनिस क्लब रियाल मड्रिडलाई जिताउने क्रममा ग्यारेथ बेलले ह्याट्रिक गरे । रियाल मड्रिडले अब शनिवार हुने फाइनल खेलमा स्थानिय टोली अल आइन फुटबल क्लबसँग उपाधिको लागि भिडन्त गर्नेछ । आबुधाबीको अल आइनले आयोजक देशको लिग च्याम्पियनको हैसियतले क्लब विश्वकप खेल्ने अवसर पाएको थियो । सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको रिभर प्लेट फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै अल आईनले फाइनलको लागि स्थान बनाएको हो ।...
लेस्टर सिटीलाई टाईब्रेकरमा पछि पार्दै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

लेस्टर सिटीलाई टाईब्रेकरमा पछि पार्दै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

खेलकुद, समाचार
काठमाडौं, पुस ४ । लेस्टर सिटीलाई पराजित गरी म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा पछि पार्यो । चोटका कारण लामो समयपछि मैदानमा फर्किएका केभिन डे ब्रायनले म्यान्चेस्टर सिटीका लागि पहिलो गोल गरे । तर लेष्टरका म्याथ्यु अलब्राईटनले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याए । अतिरिक्त समयमा धकेलिएको खेलमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल टाई ब्रकेरमा पुग्यो । टाइ ब्रेकरमा म्यान्चेस्टर सिटी ३–१ गोल अन्तरले विजयी भयो । लिग कपकै अर्को खेलमा मिडिल्सब्रोलाई १–० ले हराउँदै बुर्टन आल्बियोन पनि सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको बाँकी दुई क्वाटरफाईनल खेल भने आज राति हुदैछन् । आज आर्सनल र टोटनह्याम हट्सपर भिड्दा चेल्सीले बर्नमाउथसँग खेल्दैछ ।...
साउथवेस्टन स्कुलका विद्यार्थीहरुद्वारा ३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँतेमा उच्च प्रदर्शन

साउथवेस्टन स्कुलका विद्यार्थीहरुद्वारा ३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँतेमा उच्च प्रदर्शन

खेलकुद, समाचार
काठमाडौं, पुस-०३ । ३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँते प्रतियोगिता सम्पन्न भइसकेको छ । ३ नं. प्रदेश भित्रका विभिन्न संघ संस्था तथा बिद्यालयबाट विभिन्न तौल समूहका खेलाडीहरुले उक्त प्रतिस्पर्धामा भाग लिएका थिए । काठमाडौको गोंगवुस्थित साउथवेस्टन स्कुलबाट भाग लिएका खेलाडीहरुले प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी ३ स्वर्ण, १ रजत र ४ काँस्य पदक जित्न सफल भएका छन । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक दीपक भण्डारीका अनुसार बिद्यालयको तर्फबा २० के.जी. तौल समूहमा भूमि थापा मगर ले प्रथम स्थान हात पार्न सफल भएकि छन् भने ,सोही समूहको काटा तर्फ पनि उनले प्रथम स्थान हात पारेकी छन् । त्यस्तै ६५ के.जी तौल समूहमा सोहि बिद्यालयका प्रतिक गुरुङ ले प्रथम स्थान हात पार्न सफल भएका छन् भने ४० के.जी समुहको काटा तर्फ साउथवेस्टनकै राज गुरुङले दोस्रो स्थान प्राप्त गरेका छन् ...
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नक आउट चरणको खेल तालिका सार्वजनिक भयो

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नक आउट चरणको खेल तालिका सार्वजनिक भयो

खेलकुद, समाचार
काठमाडौं, पुस-०३ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक भएको छ । प्रि–क्वाटरफाइनल अर्थात् अन्तिम १६ मा तीन वटा इङ्लिस क्ललबे तीन वटा जर्मन क्लबसँग भिड्ने भएका छन् । इङ्लिश क्लब लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखसँग खेल्दा टोटनह्याम हट्सपरले बोरुसिया डर्टमण्डसँग तथा म्यान्चेस्टर सिटीले शाल्कासँग प्रतिस्पर्धा गर्ने भएको छ । त्यसैगरी अर्को इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई आफ्नो प्रतिद्वन्द्वीको रुपमा पाएको छ । उता, स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सको लियोसँग भिडन्त पक्का गर्दा साबिक विजेता रियल मड्रिडको भेट नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग हुने भएकोछ । त्यस्तै, इटालिको युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्दा अर्को ईटालीयन क्लब ए.एस रोमाले पोर्चगलको एफसी पोर्टोसँग भिड्नुपर्ने छ । च्य...