काठमाडौं, पुस- ९ ।
अस्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बास मा आज नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो दोस्रो खेल खेल्दैछ ।
लामिछानेको टोली लिगको पहिलो खेलमा सिड्नी थन्डर्ससंग डि.एल मेथड अनुसार १५ रनले पराजित भएको थियो ।
आज हुने दोस्रो खेलमा लामिछाने रहेको मेलबर्न स्टार्सले होबर्ट हरीकन्ससँग खेल्ने छ । होबर्टले भने आफ्नो पहिलो खेलमा ब्रिसबेन हिटलाई पराजित गरेको थियो ।
सिड्नी विरुद्धको पहिलो खेलबाटै बिग बास लिगमा डेब्यु गरेका लामिछानेले लिगको पहिलो खेलमै २ विकेट लिएकाका थिए ।