real madrid winner of fifa club football world cup

काठमाडौं, पुष-८ ।

फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले लगातार तेस्रो पटक जितेको छ ।

गएराति युएईको आबुधाबीमा सम्पन्न फिफा क्लब विश्वकप फुटबलको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४– १ गोल अन्तरले हराउँदै रियालले लगातार तेस्रो पटक यो उपाधि जितेको हो ।

खेलमा रियाललाई विजयी गराउन लुका मोड्रिच, मार्कस लोरेन्ते र सर्जियो रामोसले एक–एक गोल गर्दा अल आइनका याहिया नादिरले एक आत्मघाती गोल गरेका थिए ।

यसअघि रियाल मड्रिडले सन् २०१६ र २०१७ मा पनि फिफा क्लब विश्वकपको उपाधिमा आफ्नो बर्चस्व कायम गरेको थियो ।

समग्रमा भने रियालले यो चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here