काठमाडौं, पुष-०१ ।
स्पेनिस ला–लिगा फुटवलमा गएराति घरेलु मैदानमा रियाल मड्रिडले जित हात पारेको छ ।
खेलमा रियाल मड्रिडले रायो भ्यालेकानोलाई १–० गोलले हराएको हो । उसको जितमा करिम बेन्जिमाले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।
रियालले जितसँगै १६ खेलबाट २९ अंक बनायो भने पराजित रायो भ्यालेकानोले भने १६ खेलबाट १० अंक मात्रै बनाएको छ ।
गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भ्यालाडोलिडलाई ३–२ ले पराजित गरेको छ ।
त्यसैगरी इल्बार र भ्यालेन्सिया १–१ गोलको बराबरीमा रोकिदा गेटाफेले रियल सोसाइडेडलाई भने १–० गोलअन्तरले पराजित गरेको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ ।
बार्सिलोनाको १५ खेलबाट ३१ अंक छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको पनि १६ खेलबाट ३१ अंक नै भएको छ ।