belgium winner of world cup hockey

काठमाडौं, पुष-०२।

भारतको ओडिसामा जारी विश्वकप हक्की प्रतियोगिताको उपाधि बेल्जियम जितेको छ ।

जारी प्रतियोगिताको फाइनल खेलमा युरोपेली प्रतिद्धन्दी नदेरल्यान्ड्सलाई सुट आउटमा ३–२ ले पराजित गर्दै बेल्जियमले पहिलोपटक विश्वकप हक्की प्रतियोगिता जितेको हो ।

बेल्जीयमलाई उपाधि दिलाउन गोलकिपर भिन्सेन्ट भानास्चले केही महत्वपूर्ण बचाउ गरे ।

जितसँगै बेल्जीयम विश्व हक्की वरियताको शिर्ष स्थानमा उक्लिएको छ ।

बेल्जीयमले विश्व खेलकुदको कुनैपनि विधामा विश्वकप उपाधि जितेको यो पहिलो पटक हो ।

तेस्रो स्थानको लागि हिजै भएको अर्को खेलमा इङ्ल्यान्डलाई ३–१ ले हराउँदै अष्ट्रेलिया विजयी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here