sandeep lamichhane

काठमाडौं, मंसिर-२४ ।
नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् ।

बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अष्ट्रेलियातर्फ प्रस्थान गर्न लागेका हुन् ।

शनिबारको उद्घाटन खेलमा सन्दीपले विराटनगर वारियर्सविरुद्ध दुई तथा आइतबार चितवन टाइगर्सविरुद्ध तीन विकेट लिएका थिए ।

सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्न लागेका हुन् । बिग बास लिग यहि पुस ४ गतेदेखि शुरु हुँदैछ ।

बिबिएल भन्दा अगाडि नै बङ्गलादेश प्रिमियर लिग बिपिएलमा अनुबन्ध भइसकेका सन्दीपले बिबिएलको केही खेले खेलेर सिधै बङ्गलादेशतर्फ जाने छन् ।

लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत अनुबन्ध भइसकेका छन् ।

इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेपछि विश्वभर चर्चित बनेका सन्दीपले क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० क्यानडा लिग, अफगानिस्तान प्रिमियर लिग र टी–२० लिग खेलिसकेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here