आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेप्से आज ५९.७० अंकले  घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा

नेप्से आज ५९.७० अंकले घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) भारी गिरावट आएको छ । सोमबार नेप्से ४०.५४ अंकले नेप्से बढेर दुई हजार पाँच सय १५ दशमलब ०३ विन्दुमा पुगेको थियो ।         नेप्सेका अनुसार आज ५९.७० अंकले नेप्से घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा पुगेको छ भने ६ अर्ब ११ करोड ९६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।     आज शेयर बजार राताम्मे भएपनि तीन कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स, साल्ट ट्रेडिङ कर्पोरेशन र हिमालयन पावर पार्टनर रहेका छन् । चन्द्रागिरी हिल्सको ९.८९ प्रतिशतले शेयरमूल्य बढेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन ९.९९ प्रतिशतले शेयरमूल्य बढेको छ भने  हिमालयन पावर पार्टनरको ८.८९...
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ

आर्थिक, समाचार
 नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य तोलामा ८८ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १७ सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।                नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८७ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८६ हजार ५५० सय कायम गरिएको छ ।             त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३३० मा कारोबार भएकोमा आज घटेर तोलामा १२९० मा झरेको महासंघले जनाएको छ ।       ...
पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय २७ जनाकाे पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ७२ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ । अहिले नाै सय ७४ जना आइसाेलेशनमा रहेका छन् । काेराेना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । ...
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने

समाचार, समाज
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने भएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले भोलि मध्यान्ह १२ बजे आयल निगम घेराउ गर्ने घोषणा गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् । पछिल्लो समय विश्व बजारमा मूल्य वृद्धि भएको र आइओसीबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। ...
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  सरकारसँग वार्ताका लागि वार्ता टोली गठन

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि वार्ता टोली गठन

राजनीति, समाचार
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पनि सरकारसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ । विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो । विश्वकर्माको नेतृत्वमा गठन गरिएको ३ सदस्यीय वार्ता टोली आजै सार्वजनिक गरिने विप्लव नेतृत्वको नेकपाका एक नेताले जानकारी दिए । सरकारले पनि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् । वार्ताद्वारा नै सबै समस्या समाधान गर्ने गरी वार्ता टोली गठन भएको मन्त्री गुरुङले जानकारी दिए । केही समय अगाडिदेखि नै सरकारी पक्ष र प्रतिबन्धित विप्लव समूहबीच अनौपचारिक वार्ता हुँदै आएको थियो । अनौपचारिक वार्ता सकारात्मक भएपछि औपचा...
नेप्से आज ७९.७४ अंकले  घटेर दुई हजार चार सय ७४ दशमलब ३९ विन्दुमा

नेप्से आज ७९.७४ अंकले घटेर दुई हजार चार सय ७४ दशमलब ३९ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) भारी गिरावट आएकोे छ । बिहिबार पनि नेप्से ४४.९४ अंकले घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको थियो ।        नेप्सेका अनुसार आज ७९.७४ अंकले नेप्से घटेर दुई हजार चार सय ७४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ८ अर्ब ३५ करोड ५२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये होटल एण्ड टुरिजम बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।     आज शेयर बजार राताम्मे भएपनि एक कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स रहेको छ । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।    ...
पछिल्लो २४ घन्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घन्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार १४३ पुगेको छ । पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४०७ पुगेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७४ पुगेको छ । ...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक केरुङ नाका भोलि सोमबारदेखि पुनःसञ्चालन हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक केरुङ नाका भोलि सोमबारदेखि पुनःसञ्चालन हुने

आर्थिक, समाचार
काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो । “सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुप...
मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने

मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने

अन्तराष्ट्रिय, समाचार
 मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने भएका छन् । विभिन्न कारणले मलेसियामा समस्यामा परेका नेपालीलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अनलाइनबाट गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो । दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने दूतावासले जनाएको छ । दूतावासको इमेल labor.eonkl@mofa.gov.np वा eonkualalumpur@mofa.gov.np मार्फत् पनि गुनासो टिपाउन सकिनेछ । गुनासो राखेपछि गुनासो राख्ने व्यक्तिलाई दूतावासले नै सम्पर्क गरी समस्याको समाधान गर्नेछ । ...
नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी

नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी

समाचार, समाज
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी गरेको छ । महाशाखाले आज आइतवार पत्रकार सम्मेलन गरी नयाँ निर्देशिकाबारे जानकारी गराएको हो । निर्देशिका अक्षरसः पालना भएमा सेवा प्रवाह पारदर्शी, सरल, सहज र प्रभावकारी हुने महाशाखाले जनाएको छ । सडक र कार्यालयमा आउने सेवाग्राहीसँग गरिने ट्राफिक कर्मचारीहरुको आचरणलाई थप शिष्ट सभ्य र मर्यादित बनाउने निर्देशिकामा उल्लेख छ । पत्रकार सम्मेलमा महाशाखाका प्रमुख जनक भट्टराइले आर्थिक प्रलोभनमा नपरि इमानदारीपूर्वक आफ्नो काम गर्ने १७ जना विभिन्न दर्जाका ट्राफिक प्रहरीलाई पुरस्कृत गरेका छन् । ...