malaysia work permit

 मलेसियामा समस्यामा परेका नेपाली कामदारहरुले अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सक्ने भएका छन् । विभिन्न कारणले मलेसियामा समस्यामा परेका नेपालीलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अनलाइनबाट गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो ।

दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने दूतावासले जनाएको छ ।

दूतावासको इमेल labor.eonkl@mofa.gov.np वा eonkualalumpur@mofa.gov.np मार्फत् पनि गुनासो टिपाउन सकिनेछ । गुनासो राखेपछि गुनासो राख्ने व्यक्तिलाई दूतावासले नै सम्पर्क गरी समस्याको समाधान गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here