महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी गरेको छ । महाशाखाले आज आइतवार पत्रकार सम्मेलन गरी नयाँ निर्देशिकाबारे जानकारी गराएको हो ।

निर्देशिका अक्षरसः पालना भएमा सेवा प्रवाह पारदर्शी, सरल, सहज र प्रभावकारी हुने महाशाखाले जनाएको छ । सडक र कार्यालयमा आउने सेवाग्राहीसँग गरिने ट्राफिक कर्मचारीहरुको आचरणलाई थप शिष्ट सभ्य र मर्यादित बनाउने निर्देशिकामा उल्लेख छ ।

पत्रकार सम्मेलमा महाशाखाका प्रमुख जनक भट्टराइले आर्थिक प्रलोभनमा नपरि इमानदारीपूर्वक आफ्नो काम गर्ने १७ जना विभिन्न दर्जाका ट्राफिक प्रहरीलाई पुरस्कृत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here