पछिल्लो २४ घन्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार १४३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४०७ पुगेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here