नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) भारी गिरावट आएकोे छ । बिहिबार पनि नेप्से ४४.९४ अंकले घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको थियो ।       

नेप्सेका अनुसार आज ७९.७४ अंकले नेप्से घटेर दुई हजार चार सय ७४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ८ अर्ब ३५ करोड ५२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये होटल एण्ड टुरिजम बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।    

आज शेयर बजार राताम्मे भएपनि एक कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स रहेको छ । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here