शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

Author: तथ्यखबर

कानून मन्त्रालयका कर्मचारीमा संक्रमण, मन्त्रालयको सबै सेवा बन्द

कानून मन्त्रालयका कर्मचारीमा संक्रमण, मन्त्रालयको सबै सेवा बन्द

समाचार, स्वास्थ्य
भदाै १९– कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी तथा एकएक चालक र नेपाल प्रहरीका गरी छ जनामा कोरोना संक्रमण देखिएको हो । सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेको छ । आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले मन्त्रालयका एक कर्मचारी, निवास र मन्त्रालयका पाँच सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आफू होम आइसोलेशनमा बसेको बताउनुभयो । अब मन्त्रालयका बाँकी कर्मचारीको स्वाब लिएर सामान्यावस्था भएपछि प्रवाह हुने सेवालाई नियमित गरिने उहाँको भनाइ थियो । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले संक्रमितको कन्ट्याक्टमा रहेका अन्य कर्मचारी तथा सुरक्षाकर्मीको ट्रेसिङ भइरहेको बताउनुभयो । मन्त्रालयका अन्य कर्मचारी पनि आइ...
राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

राजनीति, समाचार
काठमाडौं-आज बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णय अनुसार नै राष्ट्रिय सभा सदस्य गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद चलेको थियो । राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्य पद छ महिनादेखि रिक्त थियो। ...
भोलि बिहानबाट ललितपुरमा कर्फ्यु

भोलि बिहानबाट ललितपुरमा कर्फ्यु

समाचार, समाज
 जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेबाट कर्फ्यु लगाउने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको छ। ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। बिहिबार ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तान्दा स्थानीयवासी र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णय आएको हो। सो स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ। ...
भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान हुने

भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान हुने

समाचार, स्वास्थ्य
भाद्र १८। प्रत्येक स्वस्थ ब्यक्तिले आफ्नो १८ बर्षको उमेर संगै रक्तदानको शुरुवात गरौ भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूह द्वारा भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित देबी बाल सुधार माविको प्राङ्गणमा बिहान ८ बजे देखि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा इच्छुक ब्यक्तिहरुले नाम टिपाउन आयोजकले  अनुरोध  गरेको छ । कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ।   सम्पर्क नं ९८६९५२५०७८, ९८४९०६०४३९ ९८१३८०७०२५ साैज्नय कपन अनलाइन ...
रातो मछिन्द्रनाथको रथ गुठि संस्थान र १९ जातीय खलःपुचले निर्णय नगर्दासम्म नतानिने

रातो मछिन्द्रनाथको रथ गुठि संस्थान र १९ जातीय खलःपुचले निर्णय नगर्दासम्म नतानिने

समाचार, समाज
रातो मछिन्द्रनाथको रथ गुठि संस्थान र १९ जातीय खलःपुचले निर्णय नगर्दासम्म नतानिने भएको छ। बिहीबार दिउँसो रथ तान्ने विषमा स्थानीय केही युवा र प्रहरीबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरेको हो। स्थानीय युवाहरुले निषेधाज्ञा तोडेर रथ तान्न खोज्दा प्रहरीसँग झडप भएको थियो। कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको रथजात्रा सुरु नभएपछि केन्द्रीय गुठि संस्थान र ललितपुर महानगरभित्रका नेवार समुदायका १९ जातीय खलःपुचको बैठक बसेको थियो। ज्यापु समाजका युवा तथा श्रम विभाग प्रमुख किरण डंगोलले गुठि संस्थान र ललितपुर महानगरभित्रका १९ जातीय खलःपुचको बैठक बसिरहेको र तीनको निर्णय अनुसार नै रथ जात्रा तानिने बताए। रथ तान्ने जात्रा देशभरका सबै नेवार जातिको भएकाले यसलाई कुनैपनि व्यक्ति र समूहप्रति लक्षित गरेर विवाद गर्न नहुने उनले बताए। कोभिड १९ संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ...
ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

समाचार
ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिए। रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयले ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी जवानमाथि कुटपिट गरेका थिए। मंगलबजार प्रभागमा कार्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्रहरी पनि घाइते भएका छन्। स्थानीय प्रशासन र ज्यापु समाजको अनुमतिबिनै भेला भएका स्थानीयले रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा प्रहरीको पानीको फोहोरा हान्ने गाडी समेत तोडफोड भएको छ। ट्राफिक जवान चढेको मोटरसाइकल समेत स्थानीयले तोडफोड गरेका छन्। भीड तित्तरबित्तर पार्न...
रौतहटका प्रहरी प्रमुख प्रधान कार्यालय तानिए

रौतहटका प्रहरी प्रमुख प्रधान कार्यालय तानिए

समाचार, समाज
रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा प्रहरी नीरिक्षकसहित तीन जना प्रहरी अनुसन्धानका लागि निलम्बनमा परेको दुई दिनपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनको काज सरुवा गरिएको हो। प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार एसपी खड्काको बिहीबार काज सरुवा भएको हो। डीआईजी सिंहका अनुसार खड्काको ठाउँमा एसपी सिद्धविक्रम शाहलाई जिम्मेवारी दिइएको छ। तीन दिनअघि जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार निलम्बनमा परेका थिए। गृह मन्त्रालयले इन्‍सपेक्टर सिंह र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले दुई जना हवल्दारलाई सोमबारदेखि ६ महिनाका लागि निलम्बन गरेको छ। जिंगडियाका २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थ...
निषेधाज्ञा जारी भएका जिल्ला प्रशासन कार्यालयलाई सीसीएमसीको निर्देशन

निषेधाज्ञा जारी भएका जिल्ला प्रशासन कार्यालयलाई सीसीएमसीको निर्देशन

राजनीति, समाचार
काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा जारी भएका जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।  बिहीबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले निषेधाज्ञाले जनजीवनमा पारेको असरलाई व्यवस्थापन गर्न दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जनसमुदायमा पर्न गएको समस्यालाई मध्यनजर गरी मापदण्ड तोकेर दैनिक कार्य गर्न पाउने व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको बताए । बैठकमा एम्बुलेन्सको सेवालाई प्रभावकारी बनाउने र कोभिड अस्पतालमा आइसियु र भेन्टिलेटरको थप व्यवस्था गर्ने विषयमा छलफल भएको छ । यस्तै नेपाल भेन्टिलेटर सेवाले सुरु गरेको भेन्टिलेटर बै...
राहत सामग्री बोकेर सेनाको हेलिकोप्टरमार्फत बागलुङ गए गृहमन्त्री थापा

राहत सामग्री बोकेर सेनाको हेलिकोप्टरमार्फत बागलुङ गए गृहमन्त्री थापा

राजनीति, समाचार
काठमाडौँ-बागलुङमा बाढी पीडितलाई राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बागलुङतर्फ प्रस्थान गरेका छन् । पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल रहेको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङतर्फ टोली प्रस्थान गरेको हो । गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ८ पुरुष र ३ महिला सहित ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । त्यस्तै बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ । बाढीका कारण सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोल दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा बगर बस्तीमा परिणत भएका छन् ।अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ । ...
उपत्यकामा ४४५ सहित थप एक हजार २२८ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २४ हजार नाघ्यो

उपत्यकामा ४४५ सहित थप एक हजार २२८ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २४ हजार नाघ्यो

समाचार, स्वास्थ्य
बिहिबार उपत्यकामा ४४५ सहित देशभर एक हजार २२८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार २२८ संक्रमित थपिएको जानकारी दिए। प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ३५७ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ४६ जना गरी काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको छ। हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या २५७ पुगेको छ। गत २४ घण्टामा १३ हजार ४१३ जनाको ...