शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिए।

रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयले ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी जवानमाथि कुटपिट गरेका थिए। मंगलबजार प्रभागमा कार्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्रहरी पनि घाइते भएका छन्।

स्थानीय प्रशासन र ज्यापु समाजको अनुमतिबिनै भेला भएका स्थानीयले रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा प्रहरीको पानीको फोहोरा हान्ने गाडी समेत तोडफोड भएको छ।

ट्राफिक जवान चढेको मोटरसाइकल समेत स्थानीयले तोडफोड गरेका छन्। भीड तित्तरबित्तर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। मच्छिन्द्रनाथको रथ यात्रा तत्काल रोक्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *