आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा न्युजिल्याण्डको जित

अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा न्युजिल्याण्डको जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेल पनि जितेको छ । पहिलो टी ट्वान्टीमा ५३ रनको जित हात पारेको न्युजिल्याण्डले दोस्रो टी ट्वान्टीमा चार रनको जित हात पारेको छ । दोस्रो टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले पाँच खेलको टी ट्वान्टीमा २–० को अग्रता लिएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले जित नजिक पुगेपनि लक्ष्य प्राप्त गर्न सकेन । पाहुना टोलि पुरै २० ओभर खेलेर आठ विकेटको क्षतिमा २१५ रन तयार गर्यो । अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ७८ रनको योगदान दिए । उनले मात्र ३७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। डेनियल साम्सले १५ बलमा दुई चौका र चार छक्काको सहयोगमा ४१ रनको योगदान गरेर पेभेलियन फर्किनुअघि अष्ट्रेलियाले एक ओभरमा जितका लागि १५ रन आवश्यक थियो । तर अन्तिम ओभरमै मार्कस स्टोइनिस समेत पेभेलियन फर्किदा ...
सरकारकाले प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउने निर्णय

सरकारकाले प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउने निर्णय

राजनीति, समाचार
सरकारकाले प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधिसभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभा पुनर्स्थापनापछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको थियो। संसद बैठक बोलाउनका लागि यसअघि प्रधानमन्त्री केपी ओलीले हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएको पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। ...
वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने श्री स्वस्थानी ब्रत आज  विधिपूर्वक समापन गरिँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने श्री स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

समाचार, समाज
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज (शनिबार) विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए ...
काभ्रे जिल्ला कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ

काभ्रे जिल्ला कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ

समाचार, स्वास्थ्य
काभ्रे । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ। काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन्। एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन्। हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। पोष्टका अनुसार बिहीबार छ सङ्क्रमित रहेकोमा शुक्रबार दुई सङ्क्रमित डिस्चार्ज भएका हुन्। जिल्लामा तीन हजार ३५० जनालाई कोरोना भाइरस सङ्क्रमण भएका थिए। काभ्रेमा १४ महिलासहित ४५ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। सङ्क्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ। आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ। चार सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन्। कोर...
नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी) को सिफारिश

नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी) को सिफारिश

अन्तराष्ट्रिय, समाचार
नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले सिफारिश गरेको छ। सीडीपीले नेपालको प्रतिव्यक्ति आय, मानव सम्पत्ति तथा आर्थिक जोखिमका सूचकहरुको समीक्षापछि स्तरोन्नतिका लागि सिफारिश गरेको हो । यसमध्ये आर्थिक जोखिम र मानव सम्पत्ति सूचकमा नेपालले स्तरोन्नतिको मापदण्ड पूरा गरेको छ। यद्यपि, प्रतिव्यक्ति आयमा भने तोकिएको मापदण्ड पूरा भएको छैन। स्तरोन्नतिको तयारीका लागि सीडीपीले नेपाललाई ५ वर्षको अवधि दिने निर्णय गरेको हो । सामान्यतयाः स्तरोन्नति तयारीका लागि ३ वर्षको अवधि दिइने भएपनि नेपालले ५ वर्षको अवधि पाएको छ। जसले गर्दा नेपालले अहिले अति कम विकसित देशका हैसियतले पाइरहेको सुविधा आगामी पाँच वर्षसम्म निरन्तर पाउनेछ। सीडीपीको सिफारिशपछि राष्ट्रसंघीय आर्थिक एवं सामाजिक परिषद् (इकोसोक) र राष्ट्रसंघको महासभा...
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रको परीक्षा पास गरेका  एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रको परीक्षा पास गरेका एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना

समाचार, समाज
नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।    अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ । त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिए । उनले भने, “हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो...
पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा बितेको २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १ सय १२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । पछिल्लो २४ घन्टामा ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७० हजार २७७ पुगेको छ। त्यस्तै शुक्रवार कोरोना भाइरसको संक्रमणबाट ४ जनाले ज्यान गएको छ । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७१ पुगेको छ । ...
काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू पुष्टि

काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू पुष्टि

समाचार, समाज
काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ । यही फागुन १३ गते बिहीवार साङ्लास्थित पाँच वटा व्यावसायिक फार्ममा बर्डफ्लू पुष्टि भएको हो । बर्डफ्लू पुष्टि भएसँगै सो स्थान र वरपरका लेयर्स, बोइलर र लोकल गरेर १५ हजार ३५७ कुखुरा, चल्ला लगायत घरपालुवा पन्छी र तीसँग सम्बन्धित वस्तु जस्तै अण्डा, दाना आदि नष्ट गरिएको छ । त्यस्तै फार्म वरपर स्वास्थ्य सुरक्षाको उपाय अपनाउन, घरपालुवा पशुपन्छीलाई बाहृय पशुपन्छीको सम्पर्कमा आउन नदिन, अस्वभाविक रुपमा पन्छी बिरामी परे वा मरे तत्काल नजिकैको पशु सेवा निकायमा खबर गर्न विभागले किसान एवम् व्यवसायीलाई आग्रह गरेको छ । झण्डै एक महिनाअघि तारकेश्वर नगरपालिका–१ मै बर्डफ्लू भेटिएको थियो । तर, हाँसमा मात्रै । त्यसवेला पनि संक्रमण भेटिएको क्षेत्रका करिब २३ सय घरपालुवा पन्छी र तीसँग सम्बन्धित वस्तु नष्ट गरिएको थियो । कृषि तथा पशुपन्छी व...
कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

राजनीति
नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए । नेता महतले भने, “नेकपा कसरी अघि बढ्छ भनेर अहिले परिपक्व स्थिति बनेको छैन् । अहिले पनि नेकपा एउटै छ । नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ, यो अवस्थामा उहाँहरुको पार्टी भोलि कसरी अघि बढ्छ । एकै रहन्छ वा अर्काे परिस्थिति आउँछ भन्ने विषय कांग्रेसको नियन्त्रणभित्रको कुरा होइन ।” कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ता...
प्रचण्ड–माधव समूहलाई जसपाले भन्यो : ‘तपाईंहरूको पार्टी कुन हो ?’

प्रचण्ड–माधव समूहलाई जसपाले भन्यो : ‘तपाईंहरूको पार्टी कुन हो ?’

राजनीति
नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध साझा अविश्वास प्रस्ताव दर्ता गर्नेदेखि नयाँ सत्ता समीकरणका विषयमा सहकार्यको प्रस्ताव अन्य शक्तिसँग अघि सारेको छ । उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले यही प्रस्ताव लिएर बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेताहरूसँग छलफल गरेका छन् । तर, नेकपाको विवाद पहिले टुंगिनुपर्नेमा जसपा देखिएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतोले दाहाल–नेपाल पक्षको पार्टी कुन हो ? त्यो स्पष्ट हुनुपर्ने विषयमा कुरा उठाएको जानकारी दिए । ‘उहाँहरू (दाहाल–नेपाल) कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरू राख्नुभयो’, नेता महतोले भने, ‘तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? त्यो प्रस्ट पार्नुस् पहिले भनेर हामीले जिज्ञासा राख्यौं ।’ दाहाल–नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ...