आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दै

नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दै

राजनीति, समाचार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दैछ । अब बन्ने नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव सम्बन्धमा छलफल गर्न वैठक बस्न लागेको कांग्रेसले जनाएको छ । हिजो साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस विषयमा छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेकाे थिएन । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा (फागुन २३ गते) कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा तय गर्न देउवाले बैठक राखेका थिए । तर बैठक बिना निष्कर्ष टुंगिएको नेताहरूले जानकारी गराएका छन् । कांग्रेसका शीर्ष नेताहरुमा सरकारमा जाने–नजाने भन्ने विषयमा फरक धारणा देखिंदै आएको छ । ...
हेटौँडामा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने

हेटौँडामा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने

खेलकुद, समाचार
 वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ। खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु ११ लाख बजेट उपलब्ध गराएको छ। मकवानपुरमा एथ्लेटिक्स ट्र्याक हालसम्म निर्माण भएको थिएन। यसअघि जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरले हुप्रचौरभित्र ट्र्याक निर्माण गर्ने नाममा केही रकम खर्च गरेर योजना बीचैमा अलपत्र बनाएको थियो। अब क्याम्पाचौरमा एथलेटिक्स ट्र्याक निर्माणले पूर्णता पाउने हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँले जानकारी दिए। यस वर्ष प्यारापिटको जग निर्माण गरिसक्ने र आगामी वर्ष माथिल्लो भाग निर्माण सक्ने योजना छ। प्यारापिट निर्माणका लागि आगामी वर्ष उपयुक्त बजेट उपलब्ध गराइने हेटौँडा उपमहानगरपालिकाका प्रम...
सडक कालोपत्र भएको एक हप्ताभित्रै  कोरकटर मेसिनबाट गुणस्तर जाँच

सडक कालोपत्र भएको एक हप्ताभित्रै कोरकटर मेसिनबाट गुणस्तर जाँच

समाचार, समाज
पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो । यसअघि बनेका सडक बनेको दुईरतीन महिनामै कालोपत्र उप्कने र बाहिर आँखाले मात्र गरिएको अवलोकनले गुणस्तरको वास्तविकता थाहा नभएकाले चालु आर्थिक वर्ष २०७७/७८ बाट कोरकटर मेसिनबाट कालोपत्र सडकको गुणस्तर जाँचकार्य शुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए । “सडक कालोपत्र भएको एक हप्ताभित्रै हामीले कोरकटर मेसिनबाट गुणस्तर जाँच गर्छौँ”, निर्देशक पौडेलले भने, “यसले निर्माण व्यवसायीले मापदण्डानुसार सडक पक्की गरे÷नगरेको बेलैमा जानकारी हुन्छ ।” उनले पक्की सडकको मोटाइ चार सेन्टिमिटर हुनुपर्ने र कालोपत्र गरिएको सडकको गुणस्तर जाँच गर्दा मापदण्डअनुसार हुनुपर्...
भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै

भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै

राजनीति, समाचार
पछिल्लो दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै छन् । सरकारसँग भएको तीनबुँदे सहमतिपछि विप्लव आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहमा सार्वजनिक हुन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन समेत गर्नेछन् । हिजो बिहीवार बिहान भएको तीनबुँदे सहमतिपछि हिजो साँझ नै बसेको मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र पक्राउ परेका पार्टीका सम्पूर्ण नेता कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने लगायतका विषयमा सहमति जुटेसँगै विप्लव शान्तिपूर्ण राजनीतिमा आउन लागेका हुन्...
कक्षा ११का विद्यार्थीहरुलाई स्वागत तथा १२का विद्यार्थीहरुलाई बधाईका साथै वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दै भि.एस कलेज

कक्षा ११का विद्यार्थीहरुलाई स्वागत तथा १२का विद्यार्थीहरुलाई बधाईका साथै वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दै भि.एस कलेज

शिक्षा
काठमाण्डौको चाबहिलमा रहेको विनायक सिद्वि कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यहि फागुन २१ गते शुक्रबारको दिन बिहान १०ः०० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा संञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङ आउने भएका छन् । कलेजका क्याम्पस प्रमुख सिम्खडाले बताए अनुसार कार्यक्रमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२का विद्यार्थीहरु लाई बधाई कार्यक्रम आयोजना गरेको बताउनु भयो । साथै सो कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने विनायक सिद्वि कलेजका क्याम्पस प्रमुख सिम्खडाले बताउनु भयो ।त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल लगायत कलेजमा पढ्...
नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार तथा भुक्तानीको सीमालाई यसअघिको भन्दा दोब्बर पुर्यायो

नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार तथा भुक्तानीको सीमालाई यसअघिको भन्दा दोब्बर पुर्यायो

आर्थिक, समाचार
अनलाइनमार्फत् हुने भुक्तानीको सीमामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार तथा भुक्तानीको सीमालाई यसअघिको भन्दा दोब्बर पुर्याएको हो ।  राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार हुन सक्छ । यसअघि यस्तो सीमा दैनिक १ लाख रुपैयाँ मात्रै थियो ।  त्यस्तै, मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफरका लागि इन्टनेट बैंकिङ प्रयोग गर्दा दैनिक २० लाख रुपैयाँसम्म रकम ट्रान्सफर गर्नसक्ने व्यवस्था गरिएको छ । यसअघि यो सीमा दैनिक १० लाख रुपैयाँ थियो ।   तर, यसअघि नै कुनै पनि सीमा कायम नगरिएका भुक्तानीका हकमा भने यो व्यवस्था लागु भएपछि पनि जतिसुकै रकम ट्रान्सफर गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । एउटै बैंकको खातामा रकम ट्रान्सफर गर्दा, सरकारको सम्बन्धित कार्यालयमा राजश्व, जरिवाना र दस्तुर भुक्तानी गर्दा, बिद्युत्, द...
आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा

आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथोे दिन आज (बुधबार) भारी गिरावट आएकोे छ । मंगलबार नेप्से ५९.७० अंकले नेप्से घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा थामिएको थियो ।          नेप्सेका अनुसार आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको छ भने ६ अर्ब २५ करोड ४८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।        आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशन  रहेका छन् । जसको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  ...
भोलि (बिहिबार) देशभरका सबै अदालत बन्द हुने

भोलि (बिहिबार) देशभरका सबै अदालत बन्द हुने

समाचार, समाज
 भोलि (बिहिबार) देशभरका सबै अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा दिइएको छ। ९० वर्षीय सिंहको मंगलबार राति काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो। सिंह २०५२ असोजदेखि २०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधिश रहेका थिए। निर्भिक न्यायाधीशको रुपमा परिचित सिंहले आफ्नो समयमा धेरै चर्चित फैसलाहरु गरेका थिए। ...
थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक दोस्रोपटक सच्याएको छ । कोरोना महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांक पूनः सच्याएको मन्त्रालयले जनाएको छ । योसँगै बुधबार मृतको संख्या २३३ जना थपिएका छन्। हालसम्म कोरोनाको कारण ३ हजार दश जनाको मृत्यु भएको छ । यसअघि फागुन १२ गते मन्त्रालयले ६१९ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। बुधबार नेपालमा ३ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ सय ६६ रहेको छ । पछिल्लो २४ घण्टामा ६२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६०५ पुगेको छ । यस्तै, हाल...
ज्योती लाइफ इनस्योरेन्सको आईपीओ फागुन २१ गते (शुक्रबार) नै निष्कासन हुने

ज्योती लाइफ इनस्योरेन्सको आईपीओ फागुन २१ गते (शुक्रबार) नै निष्कासन हुने

आर्थिक, समाचार
 फागुन २३ गते आइतबार निष्कासन गर्ने भनिएको ज्योती लाइफ इनस्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन मिति सरेको छ ।  अब यस कम्पनीको आईपीओ फागुन २१ गते (शुक्रबार) नै निष्कासन हुने भएको हो ।  आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सिडिएस एण्ड क्लियरिङलाई आइतबार कामको धेरै लोड हुने हुँदा शुक्रबार कम लोड हुने भएकोले मिति सारिएको हो । सिडिएसको आग्रहमा शुक्रबार आईपीओ निष्काशन गर्न लागिएको हो ।   कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछ ।  ...