Biplav_Party

पछिल्लो दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै छन् । सरकारसँग भएको तीनबुँदे सहमतिपछि विप्लव आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहमा सार्वजनिक हुन लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन समेत गर्नेछन् । हिजो बिहीवार बिहान भएको तीनबुँदे सहमतिपछि हिजो साँझ नै बसेको मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र पक्राउ परेका पार्टीका सम्पूर्ण नेता कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने लगायतका विषयमा सहमति जुटेसँगै विप्लव शान्तिपूर्ण राजनीतिमा आउन लागेका हुन् ।

यसअघि हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै विप्लव समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here