आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने, ‘प्रचण्ड’को अपेक्षाविपरीत

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने, ‘प्रचण्ड’को अपेक्षाविपरीत

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन्। संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका हुन् । सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । योसँगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम गुमेको छ । उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला आफूले गरेको अपेक्षाविपरीत आएको प्रतिक्रिया दिएका छन्। उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ। यस विषयमा प्रतिक्रिया फैसला पढेपछि मात्रै दिन्छु।’ फैसलासँगै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर बनेकाे नेकपा पार्टी खारेज भएको छ। सर्वोच्चले तत्...
आजदेखि २९ गतेसम्म  नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो सडक बन्द

आजदेखि २९ गतेसम्म नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो सडक बन्द

समाचार, समाज
पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ। सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिए। उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए। गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए। सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ। उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर...
प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दै

प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दै

राजनीति, समाचार
 प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज अपरान्ह ४ बजे बस्नेछ । सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन् । सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापनासँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो । आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ। यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रद...
नेपाल आयल निगमको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न

नेपाल आयल निगमको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न

आर्थिक, समाचार
प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ ।  काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरिएको हो ।  कार्यालय स्तरोन्नतिअन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्याङ्क तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका काम सम्पन्न गरेर डिपो री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरिएको हो । करीब एक वर्षको अवधिमा परियोजनाको पहिलो चरण सम्पन्न भएको र डिपोमा व्यापक सुधार आएको जिकिर निगम व्यवस्थापनले गरेको छ ।  इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याङ्करमा तेल भर्ने प्वाइन्ट...
केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने:प्रधानमन्त्री केपी शर्मा ओली

केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने:प्रधानमन्त्री केपी शर्मा ओली

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन्। शनिबार सुन्दरी जलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै ओलीले भने, ‘काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झर्‍यो। अहिले खोलाबाट पानी छाड्यौं। अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं। अहिले पानी आयो काठमाडौंमा पानी झर्‍यो भन्ने हो। केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ।’ प्रधानमन्त्री ओलीले आजको दिन लड्डु खाने किसिमको खुशी भएको समेत बताए। पानी काठमाण्डौं ल्याउने तथा वितरणको क्रममा कुनै दुर्घटना हुन नदिइ काम गरेर केही समयमै पानी वितरण हुने उनको भनाइ छ। त्यसपछि काठमाण्डौबासीले पानीको हाहाकार भोग्नु नपर्ने पनि प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले सुन्दरीजल पुगेर मेलम्चीको पानीलाई काठमाडौँमा आजै स्वागत गरेका हुन्। पानी बागमतीमा ...
केपी शर्मा ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसदहरु सहभागी

केपी शर्मा ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसदहरु सहभागी

राजनीति, समाचार
सत्तारुढ दल नेकपा आधिकारिक रुपमा एउटै पार्टी भए पनि गतिविधि भने दुई पार्टीको जस्तै छ। त्यसैले दुबै समूह छुट्टा छुट्टै बैठक गरिरहेका छन्। प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्यो भने प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहको संसदीय दलको बैठक शनिबार बालुवाटारमा बस्यो। यी दुबै बैठकमा सहभागी हुने सांसदहरुको संस्था भने दुबैतर्फको दावीअनुसार केपी शर्मा ओली समूहको संसदीय दलको बैठक शनिबार बालुवाटारमा–११५ रहेको छ। जबकी एकीकृत नेकपाको सांसद संख्या जम्मा २२० मात्र हो। यसरी हेर्दा दुई मध्ये कुनै एक समूहले वा दुबै समूहले बैठकमा सहभागी सांसदहरुको संख्या ढाँटिरहेका छन्। शनिबारको बालुवाटार बैठकमा ११५ जना सांसद उपस्थित रहेको ओली समूहको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘अरुको कुरा हामीलाई थाहा छैन, आजको बैठकमा ११५ जनाको उपस्थिति थियो।’ उन...
सरकारले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास

सरकारले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्‍याउने प्रयास भइरहेको बताए । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पु¥याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पु¥याउने प्रयासमा छौँ ।” सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए। यसअघि सरकारले भारत सरकारको अनुदा...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको

आर्थिक, समाचार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताएका छन् । शनिवार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहिपनि हस्तक्षेप नगरेको बताएका हुन् । अन्य मुलुकको मुल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको उनको भनाई छ । भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए । उनले भने – ‘जनतालाई मुल्यवृद्धिले असर गर्ने कुरो अन्य मुलुकमा कसरी बेहोरेको छ त्यसको अध्ययन गर्न जरुरी छ । र भोली यसलाई अटोमेशनमा लैजाने भन्ने फेरी मुल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन । मैले कहिँपनि त्यो हस्तक्षेप गरेको छैन । तपाईको प्रक्रियामा मुल्य...
सरकारले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप  आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने

सरकारले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने

समाचार, स्वास्थ्य
सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि  दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए ।  माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियान अन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।   पहिलो चरणक...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । जेठो सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता परिर्वतन गरेको हो । बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव पक्षको दाबी छ । आजको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको थियो । नेकपाका विवाद बढिरहेको र दुबै पक्ष (प्रचण्ड नेपाल पक्ष र ओली पक्ष) पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । ...