नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

जेठो सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता परिर्वतन गरेको हो ।

बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव पक्षको दाबी छ ।

आजको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको थियो । नेकपाका विवाद बढिरहेको र दुबै पक्ष (प्रचण्ड नेपाल पक्ष र ओली पक्ष) पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here