काठमाडौंको नक्सालमा भिषण आगलागी भएको छ । नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो ।
आगलागीपछि नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी परिचालित भएका छन् । विजुली सर्ट भएर भएको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् ।
आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताएका छन।
कोटेश्वर पेरिसडाँडामा बसेको उक्त समुहको बैठकले अदालतको निर्णय पालना गर्दै पूर्ववत समुहमा फर्कने वारेमा छलफल भएको थियो। फोटो सौजन्य :नेपाल प्रेस
...
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की आएको उल्लेख गर्दै क्यानडास्थिति भारतीय कूटनीतिज्ञहरुलाई उच्च सुरक्षा प्रदान गरिएको बताएका छन् ।
प्रो-खालिस्तानी अतिवादी समूहले मार्ने धम्की दिएको भन्ने सूचनापछि क्यानडामा रहेका भारतीय कूटनीतिज्ञहरुलाई सैन्य सुरक्षा प्रदान गरिएको छ । ट्रुडो सरकारले गत शुक्रबार ओटावास्थित भारतीय दूतावाको सुरक्षाका लागि रोयल क्यानेडियन प्रहरीको संख्या बढाइएको बताएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले क्यानेडियन समकक्षीसँगको संवादमा क्रममा क्यान्डका विदेश मन्त्री म्याक गार्नेउले यस्तो बताएका हुन् । डिसेम्बरमा भ्याकुभर र ओटावास्थित भारतीय कूटनीतिज्ञहरुलाई मार्ने धम्की आएको क्यानेडियन अधिकारीहरुले बताएका छन् ।
यसविरुद्ध भ्यानकुभरमा दुईवटा उजुरीसमेत दर्ता भएका छन् । क्यानेडियन विदेश मन्त्रालयले फेब्रअरीमा जारी ग...
सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै नेकपा माओवादी केन्द्र पुनःस्थापित भएमा पूर्व माओवादी निकटका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरी शंकर चौधरी, दावा तामाङ नेताहरु पुनःस्थापित नेकपा (एमाले) पार्टीमा सामेल हुने मनस्थितिमा पुगेका छन्।
अमदालतको फैसला आएपछि प्रधानमन्त्री ओलीले आइतबार साँझ बालुवाटारमा पूर्व माओवादी नेताहरुसँग छलफल गरेका थिए। अर्थ मन्त्री विष्णु पौडेल, प्रमुख सल्लाहाकार विष्णु रिमालसहित नेताहरु छलफलमा सहभागी रहेका थिए। अोलीले अदालतको पछिल्लो फैसलासँगै तपाईहरुको मनस्थिति के छ? भनेर प्रश्न गरेका थिए।
जवाफमा पूर्व माओवादी निकट नेताहरुले आफूहरु अन्तिम समयसम्म तपाईलाई साथ दिने मनस्थितिमा छौँ, बरु हाम्रो पद जाने कुरासँग प्रवाह छैन भन्दै ओलीलाई विश्वस्त पारेका थिए।
अदालतको पछिल्लो फैसलाअनुसार पूर्व माओवादी पुनःस्...
आज ८ मार्च । १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस । महिलालाई पनि समान ज्याला र भोटको अधिकार हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय स्तरबाट सुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष फागनु २४ गते तथा ८ मार्चको दिन यो दिवस संसारभर मनाइन्छ ।
यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ ।
महिला अधिकारको लागि आन्दोलनको प्रेरणाको स्रोत मानिने याे दिवस नेपालमा पनि छुट्टा छुट्टै संघ,संस्था,महिला संगठनहरुले विभिन्न कार्यक्रम गरि मनाउने गर्दछन् ।
नेपालको सन्दर्भमा अन्तराष्ट्रिय महिला दिवस पछिल्लो समय औपचारिक कार्यक्रम र शुभकामना आदानप्रदानमा मात्रै सिमित हुने गरेको छ ।
समयानुकल महिला सशक्तिकरण, महिला अधिकार लगायतका विषयमा दबाव, पहल तथा ठोस कार्यक्रमहरु तय गर्दै जानेतर्फ महिलासम्बन्धी राजनीतिक तथा सामाजिक संघ संगठनको ध्यान जान ...
काठमाण्डौको चाबहिलमा रहेको विनायक सिद्धि कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम फागुन २१ गते शुक्रबारको दिन बिहान १०ः०० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो ।
विनायक सिद्ध कलेज एजुकेशन फाउन्डेसनका अध्यक्ष दुर्गा बहादुर पर्साईको सभापतित्व तथा संञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो।त्यसैगरी विनायक सिद्ध कलेज चाबहिलका क्याम्पस प्रमुख रामकृष्ण सिम्खडा,बोर्ड अफ डिरेक्टर बिष्णु प्रसाद पराजुली ,सहायक क्याम्पस प्रमुख गणेश कु. बास्तोला,काठमाण्डौ महानगरपालिका वडा न. ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधि बुद्धिजीवी पत्रकार लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिशेष अतिथिहरुमा चर्चित राजनितिक बिश्लेष...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले घटेको छ । आज २१.५८ अंकले नेप्से घटेर दुई हजार चार सय ८५ दशमलब ९ विन्दुमा थामिएको छ । नेप्सेसका अनुसार आज ५ अर्ब ५४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।
बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर रहेका छन् ।
...
बुक विल्डिङमार्फत प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले सर्वसाधारण लगानी कर्तालाई संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कममा शेयर बिक्री गर्ने भएको छ । ७५० रुपैयाँ योग्य संस्थागत लगानीकर्ताको लागि शेयर जारी गर्न आशय मूल्य निर्धारण गरेको कम्पनीले सर्वसाधारणको लागि भने यसको १० प्रतिशत कम अर्थात ६७५ मा शेयर निष्काशन गर्न सक्ने सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले जानकारी दिए ।
‘हामीले आन्तरिक रुपमा योग्य संस्थागत लगानीकर्ताको लागि प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेका हौं,’ उनले भने ‘यो मूल्य भने क्युआइआइ (क्वालिफाइड इन्टिच्युसनल इन्भेष्टर) बाट अनुमोदन भएपछिमात्रै फाइनल हुन्छ । हामी यसलाई फाइनल गर्ने अन्तिम तयारीमा जुटेका छौं ।’
बुक बिल्डिङमा जानु पूर्व कम्पनीले बुक बिल्डिङ निर्देशिका,२०७७ को दफा ६ अनुसार निय...
आइतबार नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म ५३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ९२ हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
...
अब साना (१०मेगावट) जलविद्युत आयोजनाले पनि पुनर्कर्जा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले १ खर्ब भन्दा माथिको पुनर्कर्जाका लागि स्रोत उपलब्ध रहेकाले कोरोना प्रभावित व्यवसाय अनुसार थप लगानी गर्न कार्यविधि संशोधन गरिएकोे जनाएको छ ।
हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पुनर्कर्जा कार्यविधिले त्यसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकाले राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो । यस्तो पुर्नकर्जा ४२ अर्ब ५० करोड लगानी गर्न सक्ने क्षमता भएकोमा हालसम्म ३९ अर्ब ५० करोड लगानी गरिसकेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, सो संशोधनमा गर्भनरले पुनरकर्जाको सीमा घटबढ गराउन सक्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका गर्भनरले एकमुष्ट प्रदान ...