काठमाण्डौको चाबहिलमा रहेको विनायक सिद्वि कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यहि फागुन २१ गते शुक्रबारको दिन बिहान १०ः०० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको छ ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा संञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङ आउने भएका छन् । कलेजका क्याम्पस प्रमुख सिम्खडाले बताए अनुसार कार्यक्रमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२का विद्यार्थीहरु लाई बधाई कार्यक्रम आयोजना गरेको बताउनु भयो ।


साथै सो कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने विनायक सिद्वि कलेजका क्याम्पस प्रमुख सिम्खडाले बताउनु भयो ।त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल लगायत कलेजमा पढ्ने विद्यार्थी भाईबहिनीहरुको प्रस्तुतिहरु रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here