बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: तथ्यखबर

के नेपाल कोरोनाका कारण खतरामा छ ?

के नेपाल कोरोनाका कारण खतरामा छ ?

समाचार
भदाै २८ काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको नमूना परिक्षण गर्दा काठमाडौँ जिल्लामा मात्रै ४८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लकडाउन खुले लगत्तै ह्वरह्वार्र्ती बढेको काठमाडौँको कोरोना ग्राफ उच्च बन्दै गइरहेको छ । ाज काठमाडौँ उपत्यकामा आज ५९७ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा देशभर १ हजार ३९ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ । त्यस्तै गत २४ घन्टामा देशभर रहेका अस्पताल र आइसोलेसन केन्द्रबाट १ हजार १ सय ७३ जना निको भएर घर फर्केका छन् ।यसरी कोरोनाबाट निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज मात्रै थप ९ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।अहिले...
नोभेम्बरमा ब्राजिलले मात्रै रुसबाट ५ करोड डोज कोरोनाको भ्याक्सिन लैजाने पक्का

नोभेम्बरमा ब्राजिलले मात्रै रुसबाट ५ करोड डोज कोरोनाको भ्याक्सिन लैजाने पक्का

अन्तराष्ट्रिय
भदाै २८ काठमाडौं। कोरोना महामारीको ठूलो चपेटामा परेको ब्राजिलले रुसबाट कोरोनाको भइाक्सिन किन्ने भएको छ । ब्राजिलले रुसबाट ५ करोड डोज भ्याक्सिन लिन लागेको हो । आफ्नो देशमा ठूलो संख्यमा भ्याक्सिन उत्पाद गरेसँगै रुसले कोरोना भ्याक्सिन विदेश पनि पठाउन थाले लगत्तै ब्राजिलले सबैभन्दा पहिले रुसबाट भ्याक्सिन लिने कदम चालेको हो । ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या ४३ लाखभन्दा बढी भइसकेको छ । १ लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेका कारण ब्राजिलको नेत्तृत्व यो रोगबाट आजिक भएका कारण उसले ब्राजिलका नियामकबाट अन्तिम स्वीकृति प्राप्त भइनसकेको र विश्व स्वास्थ्य संगठनबाट पनि मान्यता पाइनसकेको भ्याक्सिन ठूलो परिणाममा लिन तयार भएको हो । रुसी मिडिया रसिया टुडेका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड ९आरडीआइएफ०ले नोभेम्बरमा स्पुतनिक भी भ्याक्सिनको डेलिभरी सुरु गर्ने जनाएको छ । ...
नेपालमा आज कोरोनाबाट ९ जनाले ज्यान गुमाए, ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुग्यो

नेपालमा आज कोरोनाबाट ९ जनाले ज्यान गुमाए, ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुग्यो

समाचार, स्वास्थ्य
भदाै २८ काठमाडौ । नेपालमा आज कोरोनाबाट ९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयलका अनुसार यो सहित देशभर ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ । यसैबिच नेपालकै सानो जिल्लाका रुपमा परिचित भक्तपुरमा आज मात्रै ८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा आज ५९७ जनामा कोरोना संक्रमणको पुष्टि भएकामध्ये ८१ जना भक्तपुरका मात्रै रहेका छन् । त्यस्तै अन्य काठामाडौँमा ४८३ जना, र ललितपुरमा ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यसैबिच नेपालमा आज थप १०३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । त्यस्तै नेपालमा आज ११ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित घर फर्किनेको संख्या ३८ हजार ६९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ९१६५ जनाको पिसिआर गरिएको हो । ...
नेपालमा आज ११ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्किए

नेपालमा आज ११ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्किए

समाचार
भदाै २८ काठमाडौ । नेपालमा आइतबार ११ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित घर फर्किनेको संख्या ३८ हजार ६९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा ऋँज् थप १०३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आज ९१६५ जनाको पिसिआर गरिएकोमा १०३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । यो सहित गरेर आजसम्म नेपालमा आज सक्रिय संक्रमितको संख्इा १५११७ रहेको छ । त्यस्तै आज ११७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित घर फर्किनेको संख्या ३८ हजार ६९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...
काठमाडौं उपत्यकामा थपिए ५ सय ९७ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ५ सय ९७ कोरोना संक्रमित

समाचार
भदाै २८ काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गरी ५ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ४ सय ८३ जना छन् ।यस्तै, भक्तपुर जिल्लाका ८१ र ललितपुर जिल्लाका ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । गत २४ घण्टामा देशभर गरी भने १ हजार ३९ जनामा संक्रमण देखिएको छ ।गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा दे...
कोरोनामुक्त भएकाहरुमा फोक्सो र मुटुको समस्या, निको हुन समय लाग्ने

कोरोनामुक्त भएकाहरुमा फोक्सो र मुटुको समस्या, निको हुन समय लाग्ने

समाचार
भदाै २८ काठमाडाैं । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन्। उनीहरुले कोरोनाका कारण समस्या सृजना भएका धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन्।यस अध्ययनमा कोरोनाभाइरसबाट अति प्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितहरुलाई समेटिएको थियो। अध्ययनमा सहभागीहरु अस्पताल भर्ना भएका १५० जना विरामी नै थिए।उनीहरु अप्रिल २९ देखि जुन ९ सम्म अस्पताल बसेका विरामी हुन्। शुरुमा ८६ विरामीमा सर्वेक्षण गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि छ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरुमाथि अध्ययन गरिएको थियो। उनीहरूको अध...
नेपालमा थप २४ घण्टामा १०३९ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २४ घण्टामा १०३९ जनामा कोरोना भाइरसको संक्रमण

समाचार, स्वास्थ्य
भदाै २८ काठमाडौं । नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजार १ सय ६५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । ...
राहदानी सम्बन्धी सेवा पुन सञ्चालनमा

राहदानी सम्बन्धी सेवा पुन सञ्चालनमा

समाचार
भदाै २८ काठमाडौं । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आजदेखि शुरु भएको हो । राहदानी सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान शुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा निःशुल्क राहदानी प्रदान गरिने जनाइएको छ । विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ता हुन सक्ने विदेशी मङ्सिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क...
नेकपा प्रवक्ता श्रेष्ठले शुरु गरे कोभिड १९ स्वयं सेवा

नेकपा प्रवक्ता श्रेष्ठले शुरु गरे कोभिड १९ स्वयं सेवा

राजनीति
भदाै २८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कोभिड १९ स्वयं सेवा शुरु गरेका छन् ।राष्ट्रियसभा सदस्य (सांसद) समेत रहेका श्रेष्ठले आफ्नो सचिवालयअन्तर्गत रहने गरी कोभिड १९ स्वयं सेवा शुरु गरेका हुन् । कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भइ मानव जीवनको रक्षा गर्ने उद्देश्यका साथ स्वयं सेवा थालिएको नेता श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।जसअन्तर्गत कोरोना संक्रमितको उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गरिने छ । नेता श्रेष्ठको सचिवालयअन्तर्गत गठन भएको स्वयं सेवी समूहले कोरोना संक्रमितलाई मनोजामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिकको उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग र कोभिड १९ बारे सचेतना फैलाउने काम गर्ने जनाइएको छ । कोभिड १९ को ...
अब २ हजारमै पीसीआर परीक्षण हुने

अब २ हजारमै पीसीआर परीक्षण हुने

समाचार
भदाै २८ काठमाडौं । नीजि क्षेत्रको विध ल्याबले अब २ हजारमै कोरोना परीक्षण गर्ने भएको छ।सरकारले हाल पीसीआर परीक्षण गरे वापत ४ हजार ४ सय सम्म लिन पाउने शुल्क तोकेको छ। केही अस्पतालले यसअघि २५ सयमा प्रति नमूना परीक्षण गर्दै आएका थिए। केही दिनअघि केएमसी अस्पतालले २५ सयमा नमूना परीक्षण गर्ने जनाएको थियो। आइतबार नीजि क्षेत्रको ल्याबले कोरोना परीक्षणलाई थप सस्तो बनाएको हो।ललितपुरको कुपन्डोलमा रहेका विध ल्याबले १९ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने निर्णय गरेको ल्याबका निर्देशक भीमकान्त भण्डारीले बताए। ‘कोभिडका कारण देशको अर्थतन्त्र तहसनहस हुन थालेको छ। व्यापक परीक्षण गरी जोखिम नरहेका स्थानहरु खोल्दै जानुपर्ने हुन्छ,’ भण्डारीले भने, ‘पीसीआर परीक्षण सबैको पहुँचमा होस् र जनजीवन सामान्य हुँदै जाओस भन्ने उद्देश्यले हामीले शुल्क घटाएका हौं।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्रा...