भदाै २८ काठमाडौं । नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजार १ सय ६५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
