सिन्धुपाल्चोक पहिरो : ११ जनाको शव फेला, २० जना अझै बेपत्ता (सूचीसहित)
भदाै २८ काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ धुम्थाङमा पहिरो जाँदा पुरिएकामध्ये ११ जनाको शव फेला परेको छ ।इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज न्यौपानेका अनुसार पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला परेको हो ।
आइतबार दिउँसोसम्म फेला परेका ११ जनाकै सनाखत भइसकेको इन्सपेक्टर न्यौपानेले जानकारी दिए ।पहिरोमा पुरिएर मृत्यु हुनेमा नागपूजे गाउँकी ६३ वर्षीय भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीय ज्ञानीमाया प्रधान छन् ।
यस्तै, भिरखर्क विक टोलकी २३ वर्षीय जुनु विक, २४ वर्षीय सुकुलाल विक, ८ वर्षीय सन्देश विक छन् ।नेवार टोलकी ६९ वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीय हिरामाया श्रेष्ठ छन् । अन्य २ जनामा उमेर नखुलेका ज्ञानीमाया प्रधान र ल्याङ्सी शेर्पा छन् ।
११ जनाको शव फेला परेपनि अझै २० जना बेपत्ता रहेका इन्सपेक्ट...









