आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

विद्युत् सेवा अवरुद्ध

विद्युत् सेवा अवरुद्ध

समाचार
भदाै २८ सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनाको पावर हाउस पछाडि पेनस्टिक पाइप फुट्दा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । पाइप फुटेर विद्युत् आयोजना अवरुद्ध भएपछि जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालकाका अधिकांश बस्ती अन्धकार भएका छन् । शनिबार बेलुका एक्कासी पावर हाउसमा पानी आपूर्ति गर्ने पाइप फुटेपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजनाले जनाएको छ । असजिलो स्थानको पाइप फुटेपछि मर्मत गर्न पनि समय लाग्ने भएको छ । आयोजनाका प्राविधिक गब्बर लामासहितको टोलीले पावर हाउसमा पाइप फुटेको स्थानमा मर्मत जारी राखेको जनाइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै जनजिवन प्रभावित भएको छ । ...
बैंक अफ काठमाण्डूका ग्राहकलाई इलेक्ट्रोनिक सामान किन्दा ब्याज नलाग्ने

बैंक अफ काठमाण्डूका ग्राहकलाई इलेक्ट्रोनिक सामान किन्दा ब्याज नलाग्ने

शिक्षा
भदौ २८ काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई इलेक्ट्रोनिक सामान किन्दा ब्याज नलाग्ने भएको छ।बैंक अफ काठमाण्डू र सिजी डिजिटल प्रालीबीच भएको ब्यापारीक सम्झौताअन्र्तगत सो बैंकको ग्राहकले घरायसी विद्युतिय उपकरण सरल किस्ताबन्दीमा किन्नसक्ने भएका हुन्। यो योजनामा बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुले सिजी, एलजी, गोद्रेज, टिसिएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एन्ड डेकर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा किन्न सक्छन्। जसअन्तर्गत टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसिन, लुगा धुने मेसीन, एसि, माइक्रोवोभ, भ्याकुम क्लिनर, डिस वासर, वाटर प्युरिफियर सिस्टम, चिम्नी र किचेन लगायत सामाग्री पर्छन्। बैंकको ग्राहकलाई सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट पाइने बताइएको छ। ...
ग्रिन पिन सेवा सुरु गर्दै सनराइज बैंक

ग्रिन पिन सेवा सुरु गर्दै सनराइज बैंक

आर्थिक
भदौ २८ काठमाडौं । सनराइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिन पिन सेवा सुरु गरेको छ । यस सेवाको सुरुवातसँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकहरूको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिन पिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुँदा यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैंकको बिश्वास छ । साथै, कागजि पिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पूःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निबेदन दिए पश्चात तत्कालै...
४ वटा बन्दुकसहित स्याङ्जाबाट दुईजना पक्राउ

४ वटा बन्दुकसहित स्याङ्जाबाट दुईजना पक्राउ

अपराध
भदाै २८ काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रिडाँडाबाट ४ वटा बन्दुकसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झग्रिडाँडा बस्ने ६९ बर्षीय भीमबहादुर ठकुरी र ६० बर्षीय ओम बहादुर हमाल छन् । भिम बहादुरको साथबाट प्रहरीले ईजाजत पत्र नभएको एउटा भरुवा बन्दुक र एकथान बाह्रबोर बन्दुक बरामद गरेको छ । बाह्रबोर बन्दुक घातक हतियार हो, जुन नेपाल प्रहरीले प्रयोग गरिरहेको छ । ओमबहादुरको साथबाट प्रहरीले दुईवटा एकनाले भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकमा लाग्ने टोटा, गोली र छर्रा पनि बरामद गरिएको छ ।   बन्दुकसहित पक्राउ गरिएकालाई हातहतियार तथा खरखजाना मुद्धामा जिल्ला अदालतबाट २५ दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले रातोपाटीलाई बताए । भदौ १९ मा अर्जुनचौपारी गाउँपालिका–१ स्थित माझापाटा जंग...
विदेशमा अलपत्र सबै नेपालीको एक महिनाभित्र उद्धार हुन्छ : श्रममन्त्री यादव

विदेशमा अलपत्र सबै नेपालीको एक महिनाभित्र उद्धार हुन्छ : श्रममन्त्री यादव

शिक्षा
भदाै २८ काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेका सबै नेपाली नागरिकलाई एक महिना भित्र उद्दार गरिसक्ने बताएका छन्।आइतबार मात्रै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अलपत्र परेका सबैको एक महिनाभित्र उद्धार गर्न निर्देशन दिएको थियो। सोही बैठकमा उपस्थित भएका मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिना भित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको बताए। त्यसका लागि उडान संख्या थप्ने गरी व्यवस्थापन गरिएको पनि उनले बताए। सुरुमा दैनिक ५ सय नेपालीलाई ल्याउने भनिएकोमा पछि माग बढेपछि ८ सय ल्याउने व्यवस्था गरिएको र त्यो संख्या पनि कम भएपछि पछिल्लो समय त्यस्तो सीमा हटाएर सकेसम्म धेरै नेपालीलाई ल्याउने गरी व्यवस्था मिलाइएको बताए। सोही अनुसार भदौ २६ गते ८ सय ३६ जना, भदौ २७ गते ८ सय ८० जना र भदौ २८ गते ८ सय ९० ...
एम्बाप्पेले पीएसजीलाई भने – अर्को वर्ष क्लब छाड्ने योजनामा छु

एम्बाप्पेले पीएसजीलाई भने – अर्को वर्ष क्लब छाड्ने योजनामा छु

खेलकुद
भदाै २८ काठमाडौं । अहिले विश्व फुटबल बजारमा फ्रान्सका युवा स्टार किलियन एमबाप्पेको भविष्य कुन क्लब होला भन्ने अड्कल बाजी चलिरहेको छ । अहिले फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा रहेका एमबाप्पेको क्लबसँग सन् २०२१–०२२ सिजनसम्मका लागि सम्झौता रहेको छ । यहिँ बीच पीएसजीले एमबाप्पेसँगको सम्झौता बढाउने विषयमा छलफल गरेको छ । तर, उनले अहिले क्लबसँग सम्झौता थप्ने योजना भन्दा पनि अर्को सिजनमा आफुले क्लब छाड्ने योजना बनाएको भन्दै बोर्डलाई प्रतिक्रिया दिएको दी टाइम्सले लेखेको छ । उनको उक्त प्रतिक्रिया पछि अब पीएसजीले उनका लागि योग्य क्लब खोज्ने तयारी गरेको समाचारमा बताइएको छ । एमबाप्पेका लागि स्पेनिस महारथि रियल मड्रिडले रुचि देखाएको यसअघिदेखि चर्चाकै विषय हो भने उनी स्वयम पनि स्पेनको राजधानी आउने योजनामा रहेको स्पेनिस पत्रिका मार्काले लेखेको छ । रियल मात्रै होइन एमबाप्पेका लागि म...
इंग्लिस प्रिमियर लिग : लेष्टरको विजयी सुरुवात

इंग्लिस प्रिमियर लिग : लेष्टरको विजयी सुरुवात

खेलकुद
भदाै २८ काठमाडौं। इंग्लिस प्रिमियर लिगमा लेष्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलामा वेष्ट ब्रमविचलाई उसैको घरेलु मैदानमा २–० गोल अन्तरले हराउँदै लेष्टरले विजयी सुरुवात गरेको हो । पहिलो हाफसम्म खेल गोलरहित बराबरी रहेको थियो । तर, दोस्रो हाफको ११ औं मिनेट अर्थात् खेलको ५६ औं मिनेटमा लेष्टरका लागि टिमओथि कास्टाग्नेले गोल गर्दै अग्रता दिलाए । बेल्जियमका डिफेन्डर कास्टाग्ने यही सिजनमा लेष्टरमा आवद्ध भएका हुन् । सिजनको पहिलो खेलमै उनले लेष्टरका लागि डेब्यु गोल गर्न सफल भए ।यस्तै, लेष्टरका लागि दोस्रो र तेस्रो गोल भने जेमी भार्डीले पेनाल्टी सुटआउट मार्फत् गरेका हुन् । उनले खेलको ७४ औं र ८४ औं मिनेटमा पेनाल्टी सुटआउटमा गोल गरेका हुन् । ब्रमविचका खेलाडीले पेनाल्टी क्षेत्रमा  फाउल गर्दा लेष्टरले दुई पेनाल्टी अवसर पाएका थियो । यस्तै, पहिलो खेलमा जित हात पारेको ले...
राष्ट्रपतिलाई भेटेर उद्योगीले भने : अर्थतन्त्र चलायमान हुने वातावरण होस्

राष्ट्रपतिलाई भेटेर उद्योगीले भने : अर्थतन्त्र चलायमान हुने वातावरण होस्

समाचार
भदाै २८ काठमाडौं। उद्योगी व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा हटाएर व्यवसाय तथा बजारहरु सञ्चालन गर्न माग गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेर व्यवसायीहरुले लकडाउन वा निषेधाज्ञा बाहेकका विपल्पहरु अवलम्बन गरी संक्रमण रोकथाम गर्न आग्रह गरे। नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसँग भएको भेटमा विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको थियो। छलफलमा उद्योग प्रतिष्ठानहरुले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको र यस अघि पनि उल्लेख्य राजश्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सृजना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधीभन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि समेत अनुरोध गरेक...
रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

समाचार
भदौ २८ वासिङ्टन। रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् । स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ । भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ । भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् ।बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो । अध्ययनमा ४० देखि ७९...
कोरोनाको उद्गमस्थल उहानमा पूर्ण क्षमतामा आन्तरिक हवाई उडान सुरु

कोरोनाको उद्गमस्थल उहानमा पूर्ण क्षमतामा आन्तरिक हवाई उडान सुरु

अन्तराष्ट्रिय
भदाै २८ बेइजिङ । कोरोनाभाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ ।उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए। त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो। शहरमा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो। गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन्। उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए। यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारी झु झियानीको भ...