शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

अब २ हजारमै पीसीआर परीक्षण हुने

भदाै २८ काठमाडौं । नीजि क्षेत्रको विध ल्याबले अब २ हजारमै कोरोना परीक्षण गर्ने भएको छ।सरकारले हाल पीसीआर परीक्षण गरे वापत ४ हजार ४ सय सम्म लिन पाउने शुल्क तोकेको छ।

केही अस्पतालले यसअघि २५ सयमा प्रति नमूना परीक्षण गर्दै आएका थिए। केही दिनअघि केएमसी अस्पतालले २५ सयमा नमूना परीक्षण गर्ने जनाएको थियो।

आइतबार नीजि क्षेत्रको ल्याबले कोरोना परीक्षणलाई थप सस्तो बनाएको हो।ललितपुरको कुपन्डोलमा रहेका विध ल्याबले १९ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने निर्णय गरेको ल्याबका निर्देशक भीमकान्त भण्डारीले बताए।

‘कोभिडका कारण देशको अर्थतन्त्र तहसनहस हुन थालेको छ। व्यापक परीक्षण गरी जोखिम नरहेका स्थानहरु खोल्दै जानुपर्ने हुन्छ,’ भण्डारीले भने, ‘पीसीआर परीक्षण सबैको पहुँचमा होस् र जनजीवन सामान्य हुँदै जाओस भन्ने उद्देश्यले हामीले शुल्क घटाएका हौं।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त विध ल्याबले यसअघि चार हजारमा प्रति नमूना परीक्षण गर्दै आएको थियो।

त्यसअघि सरकारले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो भने आफ्नै ल्याव नभएका अस्पतालले स्वाब संकलन गरेको हकमा अतिरिक्त १० प्रतिशत लिन पाउने छुट समेत दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *