शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नोभेम्बरमा ब्राजिलले मात्रै रुसबाट ५ करोड डोज कोरोनाको भ्याक्सिन लैजाने पक्का

भदाै २८ काठमाडौं। कोरोना महामारीको ठूलो चपेटामा परेको ब्राजिलले रुसबाट कोरोनाको भइाक्सिन किन्ने भएको छ । ब्राजिलले रुसबाट ५ करोड डोज भ्याक्सिन लिन लागेको हो । आफ्नो देशमा ठूलो संख्यमा भ्याक्सिन उत्पाद गरेसँगै रुसले कोरोना भ्याक्सिन विदेश पनि पठाउन थाले लगत्तै ब्राजिलले सबैभन्दा पहिले रुसबाट भ्याक्सिन लिने कदम चालेको हो ।

ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या ४३ लाखभन्दा बढी भइसकेको छ । १ लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेका कारण ब्राजिलको नेत्तृत्व यो रोगबाट आजिक भएका कारण उसले ब्राजिलका नियामकबाट अन्तिम स्वीकृति प्राप्त भइनसकेको र विश्व स्वास्थ्य संगठनबाट पनि मान्यता पाइनसकेको भ्याक्सिन ठूलो परिणाममा लिन तयार भएको हो ।

रुसी मिडिया रसिया टुडेका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड ९आरडीआइएफ०ले नोभेम्बरमा स्पुतनिक भी भ्याक्सिनको डेलिभरी सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *