भदाै २८ काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको नमूना परिक्षण गर्दा काठमाडौँ जिल्लामा मात्रै ४८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
लकडाउन खुले लगत्तै ह्वरह्वार्र्ती बढेको काठमाडौँको कोरोना ग्राफ उच्च बन्दै गइरहेको छ । ाज काठमाडौँ उपत्यकामा आज ५९७ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा देशभर १ हजार ३९ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ । त्यस्तै गत २४ घन्टामा देशभर रहेका अस्पताल र आइसोलेसन केन्द्रबाट १ हजार १ सय ७३ जना निको भएर घर फर्केका छन् ।यसरी कोरोनाबाट निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज मात्रै थप ९ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।अहिलेसम्म नेपालमा ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
