शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सर्वोच्च अदालतका न्यायाधीश राउतकी पत्नी २२ दिनपछि थुनामुक्त भईन

सर्वोच्च अदालतका न्यायाधीश राउतकी पत्नी २२ दिनपछि थुनामुक्त भईन

अपराध, समाचार
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी,उनका दुई दाजु र एक भाउजुलाई २२ दिन थुनामा राखि उदयपुर जिल्ला अदालतले थुनाबाट मुक्त गर्न आदेश जारी गरेको छ। दाइभाउजुको बच्चालाई आफ्नो बनाएर नक्कली जन्मदर्ता बनाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पुर्जी र पटकपटक थुनामा राखि अनुसन्धानको म्याद थप गरेको जिल्ला अदालतले २२ दिनपछि सोमबार उनीहरूलाई चाड्ने आदेश जारीए गरेको हो। उदयपुर जिल्ला अदालतका न्यायाधीश तिर्थ केसीको इजलासले गरेको आदेशमा श्रीमती राउतले र उनका दाजुभाउजुले अब अनुसन्धानमा कुनै वाधा गर्न नसक्ने भन्दै थुनाबाहिर राखेर अनुसन्धान गर्नु भन्ने उल्लेख छ। निजहरूलाई हिरासत नराखि अड्डाले खोजेको बखत उपस्थति हुन आउने शर्तमा मुद्दाको अनुसन्धान गर्न कुनै वाधा नदेखिँदा थप अवधि हिरासतमा नराखि अनुसन्धान गर्नुहोला भनि मिसिल र सक्कल कागजात सम्बन्धीत इलाका प्...
बेल्जियम जाने भएपछि विमलले लिगका बाँकी खेल नखेल्ने भए

बेल्जियम जाने भएपछि विमलले लिगका बाँकी खेल नखेल्ने भए

खेलकुद, समाचार
काठमाडौँ– नेपाली युवा फुटवल स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यही सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी गराए । यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल पनि दिएका थिए । जारी लिगका दुई खेल सकिँदासम्म विमलले एक गोल समेत गर्न सकेका छैनन् । यसै सिजन ‘ए’ डिभिजनमा उक्लिएको च्यासल युथ क्लबका लागि भने विमलको अनुस्थितिले केही समस्या पर्ने देखिन्छ । लिगमा दोस्रो चरणको खेल सकिँदा एक हार, एक बराबरी र एक अङ्कसहित च्यासल लिगको नवौँ स्थानमा रहेको छ । पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित ब...
बेलायतको भ्रमण पुरा गरी माधवकुमार नेपाल आज स्वदेश फर्किए

बेलायतको भ्रमण पुरा गरी माधवकुमार नेपाल आज स्वदेश फर्किए

राजनीति, समाचार
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी आज स्वदेश फर्किनु भएको छ । बेलायतमा भएको विभिन्न औपचारीक कार्यक्रममा सहभागी भई उहाँ आज फर्कनुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । उनका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु भएको थियो । नेपाल कात्तिक २९ गते बेलायततर्फ जानुभएको थियो ।...
निर्मला प्रकरणमा सरकार गम्भीर नभएको : युवा नेता गगन थापा

निर्मला प्रकरणमा सरकार गम्भीर नभएको : युवा नेता गगन थापा

राजनीति, समाचार
भीमदत्तनगरपालिका – नेपाली काङ्ग्रेसका नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर नदेखिएको भन्दै सरकारलाई आरोप लगाएका छन्। आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहनुभएका नेता गगन् थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको विचार व्यक्त गरे । फरक प्रसङ्गमा नेता थापाले जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थित सरकार आएको बताउँदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको समेत दाबी गरे । कार्यकर्ता भेटघाटपछि जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले न्यायका निम्ति लडाइँ जारी रहने बताए । "तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न...
हुसेन हत्याको आशंकामा सुनसरीमा ६ जना भारतीय नागरिक पक्राउ ।

हुसेन हत्याको आशंकामा सुनसरीमा ६ जना भारतीय नागरिक पक्राउ ।

अपराध, समाचार, समाज
सुनसरी । सुनसरीको दुहवीमा ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा ६ जना पक्राउ परेका छन् । पक्राउ परेका सबै भारतीय मूलका र जय बाबा इँटा उद्योगकै कामदार र सक्युरिटी गार्ड रहेका छन् । सुनसरीको दुहबी–९ मा सञ्चालित उद्योगका सुपरभाइजर हुसेनमाथि बुधबार (आज) बिहान गोली प्रहार भएको थियो । "हत्याको आशंकामा ६ जना पक्राउ परेका छन् । पक्राउ परेका सबै भारतीय मूलका नागरिक हुन् । थप अनुसन्धान जारी छ," प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने । हुसेनको हत्यापछि दुहबीका स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । सुनसरीमै यसअघि भारतीय सुटरको समूहले हरिनगर–२ मा एक विद्यालयका अध्यक्ष खुर्सिद आलमको समेत गोली हानी हत्या गरेको थियो । खुर्सिद  आलमका हत्याराको भने अझै पहिचान हुन सकेको छैन ।...
लेखक ब्रजेश खनालको ‘साइड हिरो’ अब बजारमा

लेखक ब्रजेश खनालको ‘साइड हिरो’ अब बजारमा

मनोरन्जन, शिक्षा, समाचार
काठमाडौं । लेखक ब्रजेश खनालको संस्मरणात्मक पुस्तक ‘साइड हिरो’ भर्खरै बजारमा आएको छ । ‘साइड हिरो’ रेडियो, टेलिभिजन र सिनेमामा ब्रजेशको तीन दशक लामो अनुभवको रोचक संस्मरण हो । पुस्तकमा लेखकले मनोरन्जन क्षेत्रमा आफ्ना तीता–मीठा अनुभव र तिनले जन्माएका विचारहरुलाई भावुक, रमाइलो, गम्भीर र मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरेका छन् । आफ्नो जीवन अनुभवलाई साइड हिरोको दृष्टिकोणबाट प्रस्तुत गरेर लेखकले संस्मरण लेखनको पद्दतिमा नयाँ ढाँचा निर्माण गरेको बताएका छन । जुन आम पाठकका लागि सुरुचिपूर्ण र नवीन स्वादको लाग्ने छ । लेखक ब्रजेश आफ्नो किताबको बारेमा यसो भन्छन:-'यो पुस्तक नितान्त मेरो व्यक्तिगत अनुभव र भोगाइमा आधारित छ । यसमा आफ्ना उपलब्धिहरु र आफूले गाडेका झन्डाहरु होइन, आफूले गर्न नसकेका र असफलताका कथाहरुलाई बढी समेट्ने प्रयास गरेको छु । त्यसैले यो पुस्तकको शीर्षक ’हिरो’ नभएर ’साइड हिरो’ हो । यो...
ब्राजिलको जितमा नेइमार भए घाइते, एमबाप्पेलाई पनि चोट लाग्दा पिएसजी भने पीडित

ब्राजिलको जितमा नेइमार भए घाइते, एमबाप्पेलाई पनि चोट लाग्दा पिएसजी भने पीडित

खेलकुद, समाचार
लन्डन । पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार घाइते भएपछि ब्राजिलले मिल्टन कइन्समा मंगलबार राति क्यामरुन माथि १–० को जित निकाल्न सफल रहे पनि खुसी मनाउन सकेन । खेल सुरु भएको छैटौं मिनेटमै मांसपेशीमा चोट लागेर घाइते भएका नेइमारलाई तत्काल रिचार्लिसनबाट स्थानान्तरण गर्नुपरेको थियो । नेइमारलाई स्थानान्तरण गरेका फरवार्ड रिचार्लिसनले नै ब्राजिलका लागि विजयी गोल गरे । मध्यान्तर हुनै लाग्दा रिचार्लिसनले हेडबाट गरेको सोहि गोल ब्राजिलको जितका लागि पर्याप्त भयो । क्यामरुनमाथि एकतर्फी दबाब कायम गरे पनि ब्राजिलले थप गोल गर्न भने सकेन । दोस्रो हाफमा ग्याब्रिअल जिसस र आर्थरको प्रहार पोष्टमा लागेर फर्कियो । नेइमारको चोट गम्भीर नभए पनि ब्राजिली टिम डाक्टर रोडरिगो लास्मारले तत्काल त्यसको अवस्था भन्न नसकिने बताए । 'नेइमारलाई अप्ठेरो भइरहेको छ । त्यो समस्या खासै गम्भीर नभए पनि वास्तविक अवस्था बुझ्न...
नोबेल मेडिकल कलेजले मनायो १४ औं वार्षिकोत्सव

नोबेल मेडिकल कलेजले मनायो १४ औं वार्षिकोत्सव

शिक्षा, समाचार, स्वास्थ्य
बिराटनगर–नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रदर्सन गर्यो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उक्त क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए । नोबेल अस्पताल उपचारका क्षेत्रमा फड्को मार्दै गएको भन्दै उनले शिक्षा क्षेत्रमा पनि सर्वोत्कृष्ट नजिता ल्याउँदै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको कुरा उल्लेख गरे । कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्कीले नोबेल अस्पताल १ नम्बर प्रदेशको मात्र नभई मुलुककै गर्व गर्न लायक सस्था बनेको उल्लेख गरे । नोबेल गरिब र बिपन्न समुदायको सहाराको रुपमा रहेको भन्दै नेता कार्कीले नोबेललाई संजिवनी ...
सुनसरीको दुहबीमा गोली चल्दा एकजनाको मृत्यु ।

सुनसरीको दुहबीमा गोली चल्दा एकजनाको मृत्यु ।

अपराध, समाचार, समाज
सुनसरी– सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिकै आज एक जनाको गोली हानी हत्या भएको छ । दुहवीकै स्थानिय वासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । जय बाबा इँटाभट्टाका सुपरभाइजर समेत रहेका हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गरेको अवस्थामा हुसेनमाथि गोली प्रहार भएको थियो । घटनास्थलबाट तीन गोलीको खोका समेत बरामद गरिएको छ । अहिले हुसेनका समर्थकले हत्याराको पहिचान गरी कार्वाही गर्न माग राक्खि दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक...
सुपर प्लस साईज मोडेल नेपाल सिजन-२ को पहिलो अडिसन मंसिर २२ गत्ते हुदै ।

सुपर प्लस साईज मोडेल नेपाल सिजन-२ को पहिलो अडिसन मंसिर २२ गत्ते हुदै ।

मनोरन्जन, समाचार
काठमाडौं, मङ्सिर ५ । सौन्दर्य प्रतियोगिता सुपर प्लस साईज मोडेल नेपाल हुँने भएको छ । सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने संस्था मोडेल सङ्स नेपाल सुपर प्लस साईज मोडेल नेपाल २०१९ सौन्दर्य प्रतिस्प्रधाको आयोजना गर्ने भएको हो । मोडेल सङ्स नेपालका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतका अनुसार यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन । यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको मोडेल सङ्स नेपाल प्रतियोगितामा भाग लिनको लागि १६ देखि ४५ बर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ । प्रतियोगिताका लाग...