नाट्यश्वर म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्बजनिक
नाट्यश्वर म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मूल नाराको साथ नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको हो ।
सुरुमा प्रदेश नम्बर तीन भित्रको कलाकार मात्र समट्ने योजना भएपनि अन्तिम अवस्थामा उक्त अवार्डलाई राष्ट्रिय रुपमा सम्पन्न गर्ने निर्णय गरेकोले मनोनयन सार्बजनिक गर्न ढिलाई भएको अवार्डका अध्यक्ष प्रलाहद केसी र सदस्य सचिब गोकर्ण लामिछाने द्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ । अवार्डमा तामाङ सेलो, म्हेन्दोमाया, आधुनिक, पप र लोक दोहोरी विधा समेटिएको जनाइएको छ ।
अवार्ड समारोहमा रङ्ग पत्रकारिता क्षेत्रका सञ्चारकर्मी, गीतसङ्गीत क्षेत्रमा आफ्नो जीबन व्यतित गरेका एक जना कर्मशील कलाकारलार्इ लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले उल्लेख गरेको छ ।
अव...









