आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिकमा दुई दर्जन बढी कलाकारले एकै मञ्चमा प्रस्तुति दिने

रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिकमा कार्यक्रममा नेपाली सङ्गीत तथा चलचित्र क्षेत्रका दुई दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको उक्त कार्यक्रम मंसिर २२ गते शनिवार टुँडिखेलमा हुँदैछ ।

शो कार्यक्रममा वोर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजार भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन्लागायत दुई दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति राख्नेछन् ।

कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले सञ्चालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुने आयोजकले जनाएको छ । कार्यक्रम स्थलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *