sunasari case

सुनसरी । सुनसरीको दुहवीमा ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा ६ जना पक्राउ परेका छन् । पक्राउ परेका सबै भारतीय मूलका र जय बाबा इँटा उद्योगकै कामदार र सक्युरिटी गार्ड रहेका छन् ।

सुनसरीको दुहबी–९ मा सञ्चालित उद्योगका सुपरभाइजर हुसेनमाथि बुधबार (आज) बिहान गोली प्रहार भएको थियो । “हत्याको आशंकामा ६ जना पक्राउ परेका छन् । पक्राउ परेका सबै भारतीय मूलका नागरिक हुन् । थप अनुसन्धान जारी छ,” प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने । हुसेनको हत्यापछि दुहबीका स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । सुनसरीमै यसअघि भारतीय सुटरको समूहले हरिनगर–२ मा एक विद्यालयका अध्यक्ष खुर्सिद आलमको समेत गोली हानी हत्या गरेको थियो । खुर्सिद  आलमका हत्याराको भने अझै पहिचान हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here