hands of a prisoner on prison bars

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी,उनका दुई दाजु र एक भाउजुलाई २२ दिन थुनामा राखि उदयपुर जिल्ला अदालतले थुनाबाट मुक्त गर्न आदेश जारी गरेको छ।

दाइभाउजुको बच्चालाई आफ्नो बनाएर नक्कली जन्मदर्ता बनाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पुर्जी र पटकपटक थुनामा राखि अनुसन्धानको म्याद थप गरेको जिल्ला अदालतले २२ दिनपछि सोमबार उनीहरूलाई चाड्ने आदेश जारीए गरेको हो।
उदयपुर जिल्ला अदालतका न्यायाधीश तिर्थ केसीको इजलासले गरेको आदेशमा श्रीमती राउतले र उनका दाजुभाउजुले अब अनुसन्धानमा कुनै वाधा गर्न नसक्ने भन्दै थुनाबाहिर राखेर अनुसन्धान गर्नु भन्ने उल्लेख छ।
निजहरूलाई हिरासत नराखि अड्डाले खोजेको बखत उपस्थति हुन आउने शर्तमा मुद्दाको अनुसन्धान गर्न कुनै वाधा नदेखिँदा थप अवधि हिरासतमा नराखि अनुसन्धान गर्नुहोला भनि मिसिल र सक्कल कागजात सम्बन्धीत इलाका प्रहरी कार्यालय कटारीमा पठाइदिनु,भन्ने कुराअ उक्त आदेशमा उल्लेख छ।

जेठा दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर वडा कार्यालयमा जन्मदर्ता गराएपछी न्यायाधीश राउतका बुवाले प्रहरीमा उजुरी दर्ता गराएका थिए।

उनको उजुरीपछि प्रहरीले ललिता, उनका दुई दाजु र कान्छी भाउजुलाई पक्राउ गरेको थियो।

२०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन्। श्रीमानको सहमतिमै जेठा दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर जन्मदर्ता गराएको श्रीमति राउतको दाबी छ।

तर न्यायाधीश राउतले भने अर्कैको बच्चालाई जालझेल गरेर श्रीमतिले आफ्नो बनाएको बताउँदै आएका छन्।

न्यायाधीश राउतका बुवको उजुरीपछी २२ दिन थुनामा बसेपछी श्रीमति राउत अहिले माइतिमा छिन । यो घटनामा थप अनुसन्धान गरेर मुद्दा अदालत लैजाने कि नलैजाने निर्णय भने प्रहरीको हातमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here