आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
दुई मिनेट ढिलो पुग्दा फ्लाइट छुटाएका यी ‘भाग्यमानी’ युनानी नागरिक

दुई मिनेट ढिलो पुग्दा फ्लाइट छुटाएका यी ‘भाग्यमानी’ युनानी नागरिक

अन्तराष्ट्रिय, समाचार
इथियोपिया—फागुन २८ । युनानी नागरिक एन्टोनिस माभ्रोपोलस आफूलाई ‘भाग्यमानी’ ठानिरहेका छन् जसले दुई मिनेट ढिलो पुगेकै कारण इथियोपियन एयरलाइन्सको विमानको निर्धारित यात्रा छुटाएका थिए । गत आइतबार इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि दुर्घटनाग्रस्त भएको थियो । जसमा सबै यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । उक्त विमानको यात्री सूचीमा एन्टोनिसको पनि नाम थियो । तर त्यस दिन उनी दुई मिनेट ढिलो गरी विमानस्थल पुगेकै कारण उनको फ्लाइट छुट्यो । उनले ‘मेरो भाग्यशाली दिन’ भन्दै फेसबुकमा त्यस दिनको घटनालाई विस्तार गरेका छन् । उनले उक्त विमानका लागि आफूले लिएको टिकटसमेत फेसबुकमा पोस्ट गरेका छन् । आफू पुग्दा प्रस्थान द्वार बन्द भइसकेकाले उक्त विमानमा चढ्न नपाएको उनले बताए । केही मिनेटमै उक्त विमान दुर्घटना भएको खबर सुनेर आफू स्तब्ध भएको जिकिर ग...
कुशासन र भ्रष्टाचारका कारण पैदा भएको असन्तुष्टिको उपज विप्लव समूह  : पूर्व प्रधानमन्त्री भट्टराई

कुशासन र भ्रष्टाचारका कारण पैदा भएको असन्तुष्टिको उपज विप्लव समूह : पूर्व प्रधानमन्त्री भट्टराई

राजनीति, समाचार
राजविराज — फागुन २८। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले विप्लव समूह कुशासन र भ्रष्टाचारका कारण भएको असन्तुष्टिले पैदा गरेको विद्रोह भएको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बिहान संचारकर्मीसँग कुरा गर्दे नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका भट्टरार्ईले असन्तुष्टिहरुलाई समयमै सम्बोधन गर्न नसकिए यस्ता विद्रोहहरु थप बलियो भएर जाने तर्क गरे । ‘जनताको चाहना अनुरुप भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीको अवस्था सृजना गरिएन भने जनतामा विभिन्न खाले असन्तुष्टि पैदा हुन्छ। यो संसारमै पनि देखिन्छ। नेपालमा पनि यसको उदाहरण छ,’ भट्टरार्ईले भने, ‘विप्लव समूह पनि असन्तुष्टिपछिको विद्रोहको एउटा प्रतिक हो।’ दुईतिहाईको बहुमत प्राप्त सरकारले सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरेर देशको साधनस्रोतका प्रयोग गरी तिब्र आर्थिक विकास र समृद्धी ल्याउनुपर्ने तथा बेरोजगारलाई रोजगार र सबैलाई ...
झन् गहिरियो भेनेजुएलामा संकट

झन् गहिरियो भेनेजुएलामा संकट

अन्तराष्ट्रिय, समाचार
काराकस — फागुन २८। भेनेजुएलामा विद्युत् आपूर्ति सुचारु हुन नसकेपछि सरकारले विद्यालय तथा व्यवसाय बन्द गर्न आदेश दिएको छ । विपक्षी दलले विद्युत् आपूर्तिका कारण १७ जनाको ज्यान गएको जनाएको छ । भेनेजुएलामा खाद्यान्न संकटपछि लुटपाटमा संलग्नलाई पक्राउ गरी राजधानी काराकसको सडकमा सजाय दिँदै सुरक्षाकर्मी । तस्बिर : रोयटर्स लगातार पाँचौँ दिनसम्म पनि विद्युत् आपूर्ति नभएपछि मानिस विरोधका लागि सडकमा उत्रेका छन् । देशका २३ मध्ये १४ राज्यमा प्रदर्शन जारी छ । विपक्षीहरूले मडुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी रहने बताएका छन् । देशका कतिपय स्थानमा लुटपाट मच्चिएको छ । सरकार पक्षधर मोटरसाइकल समूहहरूले अँध्यारोको फाइदा उठाउँदै पसलहरूमा लुटपाट गरेका बीबीसीले उल्लेख गरेको छ । विद्युत् आपूर्तिको कटौतीसँगै इन्टरनेट, मोबाइल फोन, एटीएम मेसिन, बतानुकुलित मेसिन, विद्युतीय कुकरलगायतका सामग्री चलाउन नप...
सरकारले सीके राउतका पछिल्ला गतिविधिबारे स्पष्ट पार्नुपर्छ : देउवा

सरकारले सीके राउतका पछिल्ला गतिविधिबारे स्पष्ट पार्नुपर्छ : देउवा

राजनीति, समाचार
पोखरा — फागुन २८। पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आउने भनिएको सहमति विपरीत सीके राउतका पछिल्ला गतिविधिबारे सरकारले स्पष्ट पार्नुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । मंगलबार पोखरामा आयोजित पत्रकारसँगको भेटमा देउवाले सहमतिको एउटा हस्ताक्षर पक्ष राउत भएकाले उनका पछिल्लागतिविधि राष्ट्रघाती भएकोे बताए।राउतले दिदै आएको जनमत संग्रहमार्फत छुट्टै देश बनाउने भन्ने अभिव्यक्तिको प्रधानमन्त्री केपी ओलीले खण्डन गर्नुपर्ने नभए राउतलाई पक्राउ गर्नुपर्ने उनको माग छ। राउतसँगको सम्झौताबाट नेपालको कुनै पनि भागलाई टुक्राउने काम नमान्ने र यो सह्य नहुने उनले बताए। 'राउतले जनमत संग्रह गरेर देश टुक्राउने कुरा गरेका छन्। मूलधारमा आएको भए त्यस्तो भन्थे?,' देउवाले भने, 'हामीले राउतलाई मूलधारमा ल्याउने कुराको विरोध गरेका छैनौं। तर उनका पछिल्ला अभिव्यक्ति राष्ट्रघाती कदमको रुपमा लिएको ...
रियाल मड्रिडका मुख्य प्रशिक्षकमा फेरी जिनेदिन जिदान नियुक्त

रियाल मड्रिडका मुख्य प्रशिक्षकमा फेरी जिनेदिन जिदान नियुक्त

खेलकुद, समाचार
काठमाडौं—फागुन २८। फ्रान्सका फुटबल हस्ती जिनेदिन जिदान पुनः स्पेनिस क्लब रियाल मड्रिडका मुख्य प्रशिक्षक बनेका छन् । लगातार खराब प्रदर्शन गर्दै आएको रियाल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई क्लबको जिम्मेवारी दिएको हो । रियालले सामाजिक सञ्जालबाट सोलारीलाई बर्खास्त गर्दै जिदानलाई नियुक्त गरेको जनाएको छ । जिदान क्लब छाडेको १० महिनापछि पुनः रियाल मड्रिड फर्किएका हुन् । रियालसँग जिदानले सन् २०२२ सम्मको सम्झौता गरेका छन् । रियाल मड्रिडलाई लगातार तीन सिजन युएफा च्याम्पियन्स लिग जिताएपछि जिदालने गत मे महिनामा क्लब छाडेका थिए । यसअघि उनले एउटा खेलाडी र प्रशिक्षकको रुपमा रियाल मड्रिडलाई झन्डै एक दर्जन उपाधि जिताएका थिए । जिदानले जिम्मेवारी समाले पनि यो सिजन भने रियाल मड्रिड उपाधिबिहिन हुने देखिएको छ । रियाल च्याम्पियन्स लिग र कोपा डेल रे फुटबल प्रतियोगिताबाट...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको काम धमाधम, सामाजिक अभियन्ताहरू समेत श्रमदानमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको काम धमाधम, सामाजिक अभियन्ताहरू समेत श्रमदानमा

खेलकुद, समाचार
चितवन—फागुन २८। धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम तीव्र गतिमा अघि बढेको छ । रंगशाला निर्माणका लागि सामाजिक अभियन्ताहरू समेत श्रमदानमा जुटिरहेका छन् । डीपीआरको चरणमा रहेको रंगाशाला निर्माणका लागि भौतिक संरचनाको काम सुरु भएकाले सामाजिक अभियन्ताहरू श्रमदाननमा जुटेका हुन् । पर्यटन वर्ष २०२० लाई सफल पार्ने योजनासहित वातावरण सरसफाइ अभियानमा जुटेको ‘वे ग्रुप’ चितवनका अभियन्ताहरुले रंगशाला निर्माणस्थल पुगेर श्रमदान गरेका छन् । नेपालकै गौरवको आयोजना भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ भन्ने भावनासहित श्रमदानमा जुटेको वे ग्रुपका संयोजक भोजनारायण कँडेलले जानकारी दिए । केही दिनअघिदेखि मजदूर बस्न र निर्माण सामग्री राख्न भौतिक संरचना निर्माणको काम भइरहेको छ । साथै क्रिकेट मैदानको क्षेत्रफलभित्र जस्ता लगा...
सरकारसँग सिके राउतको सहमति प्रकरणमा विष्णु रिमाल र भीम रावलको ट्वीट जुहारी

सरकारसँग सिके राउतको सहमति प्रकरणमा विष्णु रिमाल र भीम रावलको ट्वीट जुहारी

राजनीति, समाचार
काठमाडौं—फागुन २७। शुक्रबार राष्ट्रिय सभामा नेपाल सरकार र सिके राउतबीचको सहमति घोषणा भएलगत्तै नेकपा नेता भीम रावलले ट्वीट गरे, ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्य्राउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्य्राउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं । ’ उनले केही सञ्चारमाध्यमबाट पनि सहमतिमाथि प्रश्न गर्दै सहमतिले देश विखण्डनको मुद्धालाई प्रोत्साहन दिएको आरोप लगाए । हिजो उनले श्रृंखलाबद्ध रुपमा ट्वीट गरेर आफ्नो देशभक्तिबारे प्रस्टिकरण दिए । जवाफमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सोमबार बिहानै कविताको लयमा ट्वीट गरे - ‘नेताहरू-झुक्किए, फसे वा फसाईए या तिनिहरूले गल्ति नै गरे पनि कोईवात छैन हामी धन्य छौं मुलु...
चिनियाँ अधिकारीद्वारा दुईवटा बोइङ ७३७ म्याक्स दुर्घटना भएपछि तत्काल नउडाउन निर्देशन

चिनियाँ अधिकारीद्वारा दुईवटा बोइङ ७३७ म्याक्स दुर्घटना भएपछि तत्काल नउडाउन निर्देशन

अन्तराष्ट्रिय, समाचार
काठमाडौं—फागुन २७। चीनले आन्तरिक एयरलाइन्स कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरुको व्यापारिक, व्यावसायिक उडान तत्काल स्थगन गर्न निर्देशन दिएको छ । यही मोडेलका दुई वटा विमान ६ महिनाको अन्तरालमा उड्नासाथ दुर्घटनाग्रस्त भएपछि चीनले यो कदम चालेको हो । दुबै दुर्घटनामा एकै किसिमका समस्या देखिएको भन्दै चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमानहरु नउडाउन निर्देशन दिएको छ । प्रशासनले जारी गरेको एक वक्तव्यमा उडान सुरक्षामा भरपर्दो र सुनिश्चितता भएपछि मात्र उडान पुनः आरम्भ हुने उल्लेख गरेको छ । वक्तव्यमा उड्डयन प्रशासनले अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने जनाइएकाे छ । बोइङ र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोमाक) ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ ...
जम्मु काश्मिरमा तीन जना काश्मिरी पृथकतावादी लडाकू मारिए

जम्मु काश्मिरमा तीन जना काश्मिरी पृथकतावादी लडाकू मारिए

अन्तराष्ट्रिय, समाचार
काठमाडौं—फागुन २७। सुरक्षा फौजको कारबाहीमा आइतबार जम्मु काश्मिरस्थित पुलवाकाे ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकू मारिएका छन् । घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको खोजी कार्यमा रहेका सेनाले जनाएको छ । आतङ्कवादी क्रियाकलापमा संलग्न व्यक्ति रहेको आशंकामा सेनाले घेरा हाली खाेजी कार्य सुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन् । गत मार्च ७ तारिखमा पनि सुरक्षा फौजको कारबाहीमा एक जना लडाकू हन्दवारामा मारिएका थिए । प्रहरीका अनुसार मारिएका उक्त व्यक्ति पाकिस्तानी नागरिक रहेका र प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदसँग आबद्ध रहेका थिए । (रासस)...
मोरङको बेलबारी ४ बुधबारेमा रमिलाको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव भेट्यो

मोरङको बेलबारी ४ बुधबारेमा रमिलाको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव भेट्यो

अपराध, समाचार
मोरङ—फागुन २७। मोरङको बेलबारी ४ बुधबारेबाट गत १७ फागुन शुक्रबार राति देखि हराइरहेकी रमिला राईको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव फेला परेको छ । नेकपाका पूर्व नगर अध्यक्षसमेत रहेका योगेन्द्र गुरुङले प्रेमिका रमिला राईको हत्या गरी कोशी नदीमा फलेको बयानको आधारमा प्रहरीको गोताखोर टोली राईको शव खोज्न कोशी नदी गएको थियो । खोलामा गोताखोर टोलीले रमिलाको शव खोज्दा अर्कै एक महिलाको शव भेटाएको र उनको पहचिान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राईले बताए । शव हेरेर हत्या तथा आत्म हत्या के हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । महिलाको शव परिक्षणको लागि विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ । (नयाँ पत्रिका)...