जम्मु काश्मिर

काठमाडौं—फागुन २७।

सुरक्षा फौजको कारबाहीमा आइतबार जम्मु काश्मिरस्थित पुलवाकाे ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकू मारिएका छन् । घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको खोजी कार्यमा रहेका सेनाले जनाएको छ ।

आतङ्कवादी क्रियाकलापमा संलग्न व्यक्ति रहेको आशंकामा सेनाले घेरा हाली खाेजी कार्य सुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन् । गत मार्च ७ तारिखमा पनि सुरक्षा फौजको कारबाहीमा एक जना लडाकू हन्दवारामा मारिएका थिए । प्रहरीका अनुसार मारिएका उक्त व्यक्ति पाकिस्तानी नागरिक रहेका र प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदसँग आबद्ध रहेका थिए ।

(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here