आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

मोरङको बेलबारी ४ बुधबारेमा रमिलाको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव भेट्यो

मोरङ—फागुन २७।

मोरङको बेलबारी ४ बुधबारेबाट गत १७ फागुन शुक्रबार राति देखि हराइरहेकी रमिला राईको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव फेला परेको छ ।

नेकपाका पूर्व नगर अध्यक्षसमेत रहेका योगेन्द्र गुरुङले प्रेमिका रमिला राईको हत्या गरी कोशी नदीमा फलेको बयानको आधारमा प्रहरीको गोताखोर टोली राईको शव खोज्न कोशी नदी गएको थियो ।

खोलामा गोताखोर टोलीले रमिलाको शव खोज्दा अर्कै एक महिलाको शव भेटाएको र उनको पहचिान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राईले बताए । शव हेरेर हत्या तथा आत्म हत्या के हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । महिलाको शव परिक्षणको लागि विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ ।

(नयाँ पत्रिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *