आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको काम धमाधम, सामाजिक अभियन्ताहरू समेत श्रमदानमा

चितवन—फागुन २८।

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम तीव्र गतिमा अघि बढेको छ ।

रंगशाला निर्माणका लागि सामाजिक अभियन्ताहरू समेत श्रमदानमा जुटिरहेका छन् ।

डीपीआरको चरणमा रहेको रंगाशाला निर्माणका लागि भौतिक संरचनाको काम सुरु भएकाले सामाजिक अभियन्ताहरू श्रमदाननमा जुटेका हुन् ।

पर्यटन वर्ष २०२० लाई सफल पार्ने योजनासहित वातावरण सरसफाइ अभियानमा जुटेको ‘वे ग्रुप’ चितवनका अभियन्ताहरुले रंगशाला निर्माणस्थल पुगेर श्रमदान गरेका छन् ।

नेपालकै गौरवको आयोजना भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ भन्ने भावनासहित श्रमदानमा जुटेको वे ग्रुपका संयोजक भोजनारायण कँडेलले जानकारी दिए ।

केही दिनअघिदेखि मजदूर बस्न र निर्माण सामग्री राख्न भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

साथै क्रिकेट मैदानको क्षेत्रफलभित्र जस्ता लगाएर कम्पाउण्डिङ गर्ने काम चलिरहेको छ ।

डीपीआरको काम सकिएपछि शिलान्यास गर्ने र त्यसको दुई वर्षभित्र निर्माण कार्य सकाउने लक्ष्यसहित काम भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।

करिब तीन अर्वको लागानीमा बन्न लागेको रंगाशालाका लागि हालसम्म साढे पाँच करोड रूपैयाँ संकलन भइसकेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं. १५ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले उपलब्ध गराएको २० विगाह ६ कट्ठा क्षेत्रफलमा रंगाशाला बन्न लागेको हो ।

(ईमेज खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *