आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सभामुख देखि सभासद सम्म काठमाडौं मल व्यापार संघले बुझाए ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

सभामुख देखि सभासद सम्म काठमाडौं मल व्यापार संघले बुझाए ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

आर्थिक, समाचार
काठमाण्डौं— फागुन २९। द काठमाण्डौं मल व्यापार संघले मलको समस्याको विषयमा सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष सुषमा महरा र मलका ब्यवसायी प्रतिनिधिहरुले सभामुख महरालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो । काठमाण्डौं मलमा सञ्चयकोषले व्यापारीलाई हटाउने चलखेल गरेपछि मलका व्यवसायी आन्दोलित भएका हुन् । साथै सोहि प्रतिनिधि मन्डलले सभासद कृष्ण गोपाल श्रेष्ठ, डा.अजय क्रान्ति शाक्य, चन्दा चौधरी र हृदेश त्रिपाटीलाई छुटा छुटै भेटि ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष सुषमा महराका अनुसार भोलि अर्थ मन्त्रिलाई भेटी ब्यवसाय सुरक्षाका निम्ती पहल गर्ने , सन्चयकोष घेराउगर्ने र सन्चयकोषका कर्मचारीले गरेका भष्ट्रचार र अनियमिता लाई लिएर आमरण अन्सन बस्ने बताए । ज्ञापन पत्र राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल व्यापारिक केन्दका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार...
भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

अपराध, समाचार, समाज
चितवन—फागुन २९। चितवनको भरतपुर महानगरपालिकास्थित वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले वडा कार्यालय भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी समेत भएको छ । विस्फोट गराउनेको समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन । विस्फोटको घटनामा सरकारले हिजो मात्रै प्रतिवन्ध लगाउने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन् । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।...
मकवापुरमा जन्ती बस दुर्घटना, २ जनाको मृत्यु , २८ जना घाईते

मकवापुरमा जन्ती बस दुर्घटना, २ जनाको मृत्यु , २८ जना घाईते

समाचार, समाज
हेटौडा — फागुन २८। कान्ति राजपथबाट भक्तपुरबाट हेटौडा आउँदै गरेको जन्ती बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । बा ४ ख २ २२१७ नम्बरको जन्ती बस मकवानपुरगढी गाउँपालिकाको सिखर कटेरीमा मंगलबार दिउँसो सडकबाट तल खसेको थियो। बालाजुका २० वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुको हटौंडामा उपचार भइरहको प्रहरीले जनाएको छ। (कान्तिपुर दैनिक)...
मन्त्रिमण्डल पुनर्गठनको तयारी हुदै— नेकपा पुष्पकमल अध्यक्ष दाहाल

मन्त्रिमण्डल पुनर्गठनको तयारी हुदै— नेकपा पुष्पकमल अध्यक्ष दाहाल

राजनीति, समाचार
विराटनगर — फागुन २८। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको बताएका छन् । विराटनगरको सहिद रंगशालामा आजबाट सुरु हुने साफ महिला फुटबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष दाहालले मङ्गलवार संवाददाताहरूसँग यस्तो कुरा गरेका हुन् । 'आज बिहान मात्र प्रधानमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको छ,' अध्यक्ष दाहालले भने, 'अहिले म सिधै बालुवाटारबाट यहाँ आएको हुँ। मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको थियो।' प्रधानन्त्रीले अध्यक्ष दाहालसँग पुर्नगठनका बारेमा राय मागेका थिए। 'प्रधानमन्त्रीजीले गर्नुपर्‍यो भने दुईवटा अध्यक्षबीचमा छलफल गरौँला तर अहिले हतारै चाही छैन भन्नुभयो,' अध्यक्ष दाहालले भने, 'मैले यो निर्णय तपाईँले नै गर्नुहोस् भनेको छु। यो तपाईँको मूल्याङकनमा भर पर्ने कुरा हो र अधिकार पनि तपाईँकै हो।' सरकार सकारात्मक दिशामा अघि बढी रहेको ...
साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

खेलकुद, समाचार
विराटनगर — फागुन २८। पहिलोपल्ट उपाधि जित्ने योजना बनाएको न्पाली मलिा राष्ट्रिय फुटबल टिमले साफ महिला च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा आज मंगलबार भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सुरुका तीन संस्करणमा फाइनल खेलेको नेपाल यसपालि उपाधिको दाबेदार मानिएको छ । गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा चार टिममध्ये सबभन्दा तल्लो वरीयताको भएरपनि नेपाल फाइनल पुगेको थियो । फिफा वरीयतामा एक सय आठौं वरीयतामा रहेको नेपालको लागि भुटान कठिन प्रतिद्वन्द्वी होइन । बिना वरीयताको भुटानी टिमले साफको नौ बर्षे इतिहासमा हालसम्म कुनैपनि खेल जितेको छैन । नेपालले भने भारतबाहेक अरु दक्षिण एसियाली टिमविरुद्ध कहिल्यै हार बेहोरेको छैन । त्यसैले पाचौं साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा तीन अंक जोड्न नेपाललाई गाह्रो हुने छैन । नेपाल र भुटान यसअघि दुईपल्ट भिडेका थिए । साफ २०१४ र २०१६ को भेटमा ने...
महिनावारी हुँदा स्कुल आउँदैनन् छात्रा, गाउँपालिकाद्वारा विद्यालयमा प्याड वितरण

महिनावारी हुँदा स्कुल आउँदैनन् छात्रा, गाउँपालिकाद्वारा विद्यालयमा प्याड वितरण

समाचार, समाज, स्वास्थ्य
लहान—फागुन २८। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले विद्यालयमा प्याड वितरण कार्यक्रम सुरु गरेको छ। यहाँका अधिकांश माध्यमिक तहका विद्यालयमा अध्ययन गर्ने छात्रा महिनामा कम्तीमा चार दिन विद्यालयमा गयल हुने गरेका छन् । गयल हुने कारण भने महिनावारी हो । यो समस्या बढ्दै गएपछि दक्षिणवर्ती सखुवानन्कारकट्टी गाउँपालिकाले उपाय निकालेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवसहितको टोली सोमबार विद्यालय पुग्यो । उनीहरूले माध्यमिक तहमा अध्ययन गर्ने छात्रालाई महिनावारीमा प्रयोग गरिने प्याड वितरण गरे । प्याड पाएपछि त्यसको प्रयोग गरेर भए पनि छात्राहरू विद्यालय आउने अध्यक्ष यादवको विश्वास छ । कार्यक्रममा उनले प्याडसँगै करिब दुई हजार छात्र–छात्रालाई नोट पुस्तिकासमेत बाँडेका थिए । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जगदीश मण्डलका अनुसार गाउँपालिकामा पर्ने चारवटा मावि तहमा अध्ययनरत छा...
कर्णाली सरकारले प्रादेशिक रेडियो र टेलिभिजन सञ्चालन गर्ने

कर्णाली सरकारले प्रादेशिक रेडियो र टेलिभिजन सञ्चालन गर्ने

राजनीति, समाचार
काठमाडौं—फागुन २८। कर्णाली प्रदेश सरकारले रेडियो र टेलिभिजन सञ्चालन गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीमा प्रादेशिक टेलिभिजन र रेडियो सञ्चालनका लागि संघीय सरकारको सहमति माग्ने निर्णय गरेको छ । ‘प्रादेशिक टेलिभिजन र रेडियो स्थापना गर्न संघीय सरकारसँग सहमति माग्ने निर्णय गरिएको छ,’ सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन् । सरकारी रेडियो र टेलिभिजन सञ्चालन गर्न चालू आर्थिक वर्षको बजेटमा आठ करोड विनियोजन गरिएको थियो । त्यसका लागि ‘मोडालिटी’ बनाउन कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाको संयोजकत्वमा अध्ययन समिति पनि गठन गरेको छ । विधेयकलाई स्वीकृत मन्त्रिपरिषद्को बैठकले खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक–२०७५ र सार्वजनिक निजी साझेदारीसम्बन्धी विधेयक–२...
ओखलढुंगामा आफ्नै श्रीमानद्वारा श्रीमतीमाथि निर्घात कुटपिट, कुटपिट गर्ने श्रीमान प्रहरीको नियन्त्रणमा

ओखलढुंगामा आफ्नै श्रीमानद्वारा श्रीमतीमाथि निर्घात कुटपिट, कुटपिट गर्ने श्रीमान प्रहरीको नियन्त्रणमा

अपराध, समाचार
काठमाडौं—फागुन २८। ओखलढुंगामा एक महिलामाथि श्रीमानले निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएकी उनको ओखलढुंगाको मिसन अस्पतालमा उपचार भइरहेको छ । महिलालाई कुटपिट गर्ने श्रीमान भईमान राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ । पीडित पक्षबाट घरेलु हिँसामा जाहेरी प्राप्त भइसकेकोले मुद्दा दर्ता गराएर थप अनुसन्धान अघि बढाउने नेपाल प्रहरीको आधिकारिक ट्वीटर एकाउन्टमा उल्लेख छ । सामाजिक अभियन्ता सरिता गुरुङले ट्वीटरमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी र नेपाल प्रहरीलाई मेन्सन गर्दै पीडित महिलाको बारेमा जानकारी दिएकी थिइन् । मोहना अन्सारीले महिलामाथि कुट्नेलाई तत्काल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीसँग माग गरेकी थिइन् । नेपाल प्रहरीले मोहना र सरिता गुरुङले गरेको ट्वीटमा...
सिके राउतसँग गरिएको सम्झौता खारेजीको माग गर्दै नेविसंघ सडक प्रदर्शनमा

सिके राउतसँग गरिएको सम्झौता खारेजीको माग गर्दै नेविसंघ सडक प्रदर्शनमा

राजनीति, समाचार
काठमाडौं—फागुन २८। नेपाल बिद्यार्थी संघले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग सरकारले गरेको सम्झौता खारेज गर्न माग गर्दै आज काठमाडौका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएकाछन् । त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्नराज्यलगायत क्याम्पस अगाडिबाट नेपाल बिधार्थी संघले बिरोध प्रदर्शन गरेको हो । सम्झौतामा देश टुक्र्याउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी जनअभिमत भनिएकाले यो कुनै हालतमा मान्य नहुने भन्दै सम्झौता खोरेज गर्नु पर्ने नेबिसंघको माग छ । उनीहरुले सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको आरोप लगाएकाछन् । देश टुक्र्याउन पाईदैन, देश सबैको साँझा हो, सिके राउतसंगको सम्झौता खारेज गर, सिके राउतलाई कारवाही गरलगायतका नारा र प्लेकार्डसहितको नेबिसंघको बिरोध र्‍याली त्रिचन्त्र क्याम्पस अग...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवाह बन्द हुने अवस्थामा , पदाधिकारीलाई कारबाही निर्देशन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवाह बन्द हुने अवस्थामा , पदाधिकारीलाई कारबाही निर्देशन

समाचार, समाज
काठमाडौं—फागुन २८। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिष्ठानको सेवा प्रवाह बन्द हुने अवस्थामा पुर्‍याएको भन्दै समितिले स्वास्थ्य मन्त्रालय र कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई कारबाहीसहित समस्या समाधान गर्न निर्देशन गरेको हो । उपकुलपति डा. संगीता भण्डारीसहित पदाधिकारीको मनोमानीले प्रतिष्ठान धराशायी भएको समितिको ठहर छ । राप्ती उपक्षेत्रीय अस्पतालसमेतलाई समायोजन गरी २०७४ असोज २९ गते सरकारले प्रतिष्ठानको स्थापना गरेको थियो । त्यसपछि प्रतिष्ठान दुरवस्थामा पुगेको सांसदहरूले बताए । ‘अस्पतालले दिँदै आएको सेवासुविधा पनि प्रतिष्ठान स्थापनापछि बन्द भएको छ,’ सांसद तथा समितिद्वारा गठित अध्ययन उपसमितिका संयोजक खगराज अधिकारीले भने, ‘प्रतिष्ठान सामान्य बिरामीको पनि उपचार गर्न नसक्ने अवस्थ...