bharatpur 11

चितवन—फागुन २९।

चितवनको भरतपुर महानगरपालिकास्थित वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ ।

गएराति अज्ञात समूहले वडा कार्यालय भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी समेत भएको छ ।

विस्फोट गराउनेको समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन ।

विस्फोटको घटनामा सरकारले हिजो मात्रै प्रतिवन्ध लगाउने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन् ।

अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here