शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

मकवापुरमा जन्ती बस दुर्घटना, २ जनाको मृत्यु , २८ जना घाईते

हेटौडा — फागुन २८।

कान्ति राजपथबाट भक्तपुरबाट हेटौडा आउँदै गरेको जन्ती बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

बा ४ ख २ २२१७ नम्बरको जन्ती बस मकवानपुरगढी गाउँपालिकाको सिखर कटेरीमा मंगलबार दिउँसो सडकबाट तल खसेको थियो।

बालाजुका २० वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको हटौंडामा उपचार भइरहको प्रहरीले जनाएको छ।

(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *