kutpit okhaldhunga

काठमाडौं—फागुन २८।

ओखलढुंगामा एक महिलामाथि श्रीमानले निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएकी उनको ओखलढुंगाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

महिलालाई कुटपिट गर्ने श्रीमान भईमान राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ । पीडित पक्षबाट घरेलु हिँसामा जाहेरी प्राप्त भइसकेकोले मुद्दा दर्ता गराएर थप अनुसन्धान अघि बढाउने नेपाल प्रहरीको आधिकारिक ट्वीटर एकाउन्टमा उल्लेख छ ।

सामाजिक अभियन्ता सरिता गुरुङले ट्वीटरमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी र नेपाल प्रहरीलाई मेन्सन गर्दै पीडित महिलाको बारेमा जानकारी दिएकी थिइन् ।

मोहना अन्सारीले महिलामाथि कुट्नेलाई तत्काल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीसँग माग गरेकी थिइन् । नेपाल प्रहरीले मोहना र सरिता गुरुङले गरेको ट्वीटमा जवाफ दिँदै पीडकलाई नियन्त्रणमा लिएको र आवश्यक कारवाहीको लागि प्रक्रिया अघि बढाइएको जानकारी गराएको हो ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here