आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
दैलेखमा स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी

दैलेखमा स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी

अपराध, समाचार, समाज
दैलेख —फागुन २७। दैलेखमा विप्लप नेतृत्वको नेकपाले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी थमाएका छन् । समूहले पत्र मात्र नभएर फोनबाटसमेत चन्दा असुलीबारे कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख गणेशबिक्रम शाहलाई संवेदनशिल स्थानहरुमा सुरक्षा बल बढाउन आग्रह गरेका छन् । प्रदेश प्रहरी प्रमुखसँग गुनासो गर्दै गाउँपालिका उपाध्यक्षले भनिन् 'अनुगमनमा जाँदै थियौं, फोन आयो, राम्रोसँग योजना अनुगमन गर्नुहोला, कामको प्रभावकारी मुल्याङकन गर्नुहोला, स्टिमेटका आधारमा काम भएको छ कि छैन् हेर्नुहोला ।' भन्ने निर्देशन आएको छ । तपाइ को हो भन्ने प्रश्न गर्दा 'हामी बिप्लव हो हामीलाई चन्दा अनिवार्य दिनुपर्दछ नत्र राम्रो हुँदैन्' भन्ने उत्तर आएको उनले बताइन् । यस्तो...
सीके राउतका समर्थकलाई प्रदेश सरकारको चेतावनी– ‘फेरि यस्ताे हर्कत दाेहाेर्‌याए सहन्नौं’

सीके राउतका समर्थकलाई प्रदेश सरकारको चेतावनी– ‘फेरि यस्ताे हर्कत दाेहाेर्‌याए सहन्नौं’

राजनीति, समाचार
जनकपुर —फागुन २७। विखन्डनको राजनीति परित्याग गरेका सीके राउत समर्थकले आइतबार जनकपुरमा देखाएको 'हर्कत'लाई प्रदेश २ सरकारले गम्भीरतापूर्वक लिएको जनाएकाे छ । उनीहरुका गतिविधिलाई गैरकानुनी भन्दै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले फेरि त्यस्तो हर्कत दाेहाेर्‌याए सह्य नहुने चेतावनी दिए । 'राउतका समर्थकले जनकपुरमा गरेका गतिबिधि गलत हुन,' मन्त्री यादवले सोमबार कान्तिपुरसँग भने, 'सहमतिको दुबै पक्षले अक्षरशः पालना गर्नुपर्छ। सहमति तोडेर प्रदर्शनमा उत्रिनु गलत हो।' राउतको मूलधारको राजनीतिमा प्रवेश संघीयता संस्थागतका लागि सराहनीय कदम रहेको भन्दै मन्त्री यादवले जनकपुरमा राउतको स्वागतमा गरिएको प्रदर्शन, लगाइएका नारा र बोकिएका झन्डा गैरकानुनी रहेको बताए। 'सहमति भंग नहोस् भनेर हामीले पहिलो पटक छुट दिएका हौं,' मन्त्री यादवले भने, 'अब त्यस्तो भूल गरे प्रदेश सरका...
पृथकतावादको अन्त्य हुँदा काेहीकाेही मुर्मुरिएका छन् : प्रधानमन्त्री ओली

पृथकतावादको अन्त्य हुँदा काेहीकाेही मुर्मुरिएका छन् : प्रधानमन्त्री ओली

राजनीति, समाचार
काठमाडौं—फागुन २७। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । सोमबार राष्ट्रिय सुरक्षा परिषद सचिवालयको १८ औं वार्षिकाेत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारेका छन्। 'पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ। त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो,' उनले भने, 'राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन। यस विषयमा कसैले चिन्ता नगरे हुन्छ।' प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुर्मुरिएको देखेर आफू आश्चर्यमा परेको बताए। 'नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्,' प्...
संबिधानमा व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न सक्दैनः गृहमन्त्री  थापा

संबिधानमा व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न सक्दैनः गृहमन्त्री थापा

राजनीति, समाचार
भैरहवा—फागुन २७। गृहमन्त्री रामबहादुर थापाले संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने बताएका छन् । भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठी लाई सम्बोधन गर्दैै गृहमन्त्री थापाले सीके राउतसँग स्वतन्त्र मधेसको नारा त्याग्ने सहमति भएको दावी गर्दै स्वतन्त्र मधेसका लागि जनमतसंग्रह हुन नसक्ने बताए । देशलाई बिखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको उल्लेख गर्दै मन्त्री थापाले अपराधिक तत्वबाट भने मुलुकलाई खतरा रहेको स्वीकार गरे । उनले संविधानभन्दा माथि गएर कसैले गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर नबस्नेसमेत चेतावनी दिए । राउतको स्वागतमा उनका सर्मथकले जनकपुरमा गरेको प्रदर्शनलाई गृहमन्त्री थापाले उक्त क्रियाकलापलाई अन्तिम विदाइको खुसियालीको संज्ञा दिए । गृहमन्त्री थापाले विप्लप नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती थपिएको भन्दै यसलाई न...
जहाज ल्याण्ड भएपछि नेतृत्वको कुरा गरौं : विश्वप्रकाश शर्मा

जहाज ल्याण्ड भएपछि नेतृत्वको कुरा गरौं : विश्वप्रकाश शर्मा

राजनीति, समाचार
बागलुङ —फागुन २७। कांग्रेस प्रवक्ता विश्वप्रकश शर्माले उचित समय आएपछि आफूले पार्टी नेतृत्वको घोषणा गर्ने बताएका छन् । सोमबार बागलुङमा नेपाल प्रेस युनियनले आयोजना गरेको भेटघाटमा पत्रकारको जिज्ञासामा शर्माले आफू प्रवक्ताबाट बिदा लिने गरी राजनीतिमा नआएको दाबी गरे । 'मैले प्रवक्ताबाटै हात धुने गरी राजनीतिमा आएको होइन, तर मैले अहिले केही घोषणा पनि गर्दिनँ,' शर्माले भने, 'युवाहरुले पार्टीको नेतृत्व संहाल्नुपर्छ भन्ने पक्षमा म पनि छु ।' उनले उडिरहेको जहाजबाट पाइलटलाई ओराल्न खोज्दा दुर्घटना पर्न सक्ने भन्दै सभापति देउवाको बचाउ गरे । नेतृत्वबारे चर्चा चलिरहेको बेला आफ्ना दाबी गर्न सबैलाई छुट भएको उनले प्रतिक्रिया दिए । 'बोल्न पाउने अधिकार सबैलाई छ, तर जहाज ल्याण्ड गरेपछि पाइलट फेर्न सकिन्छ,' उनले भने, 'संविधानको मुलबाटो नछोड्ने गरी नेतृत्वमा जो आएपछि स्वीकार्य हुनुपर्छ ।' संविधान विपरितका ...
गैरकानुनी रूपमा सत्ता हत्याउने प्रयास असफल— भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो

गैरकानुनी रूपमा सत्ता हत्याउने प्रयास असफल— भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो

अन्तराष्ट्रिय, समाचार
काराकस —फागुन २७। भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले आफ्नो सरकारप्रति बफादार रहेको भन्दै सेनाको प्रशंसा गरेका छन् । राष्ट्रपति कार्यालयबाहिर जम्मा भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा उनले विपक्षी नेता खुवान गुआइडोलाई ‘अमेरिकाको कठपुतली’ भएको आरोप लगाए । मडुरोले भने, ‘उनीहरूले सेनालाई सत्ता हत्याउन सहयोग गर्न आग्रह गरेका थिए । तर सेनाबाट स्पष्ट जवाफ पाए ।’ उनले आफूबाट गैरकानुनी रूपमा सत्ता हत्याउन खोज्नेहरू परास्त भएको बताए । मडुरो आफ्ना पूर्ववर्ती ह्युगो चावेजको मृत्युपछि सन् २०१३ यता सत्तामा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मडुरो र विपक्षी नेता गुआइडोकोआह्वानमा राजधानी काराकसमा परस्पर विरोधी प्रदर्शनहरूको आयोजना गरिएको छ । देशका थुप्रै भागमा बिहीबारदेखिको विद्युत् कटौती जारी छ । पछिल्ला प्रदर्शन भइरहँदा राजधानी कराकसका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । विप...
२०५२ सालको नक्कल गरी म पनि ‘प्रचण्ड’ हुन्छु भन्न खोजिए: दाहाल

२०५२ सालको नक्कल गरी म पनि ‘प्रचण्ड’ हुन्छु भन्न खोजिए: दाहाल

राजनीति, समाचार
पोखरा — फागुन २७। नेकपा अध्यक्ष पुष्पकमल दाहालले २०५२ सालको नक्कल गरी म पनि 'प्रचण्ड' हुन्छु भन्न खोजिए त्यो पार नलाग्ने भएकाले मूलधारको राजनीतिमा आउन नेत्र विक्रम चन्द नेतृत्वको विप्लव माओवादीलाई आग्रह गरेका छन् । यतिबेला विप्लव माओवादीले हतियार ल्याउने र विस्फोट गराउने काम गरिरहेको भन्दै दाहालले पहिले र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल आइसकेकोले नक्कल गर्नेतर्फ नलाग्न आग्रह गरे । पोखरामा सोमबार हुने एक कार्यक्रममा सहभागी हुन आएका दाहालले पोखरा विमानस्थलमा पत्रकारसँको भेटमा यस्तो बताएका हुन् । 'उहाँहरुले २०५२ सालमा अर्थात करीव २५ वर्ष अघि हामीले गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ । यो पार लाग्ने बाटो होइन,' उनले भने, 'प्रचण्डले गरेजस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भन्ने सोच्नु बिलकुल मनोगत हुन्छ । इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलााई अगाडि ल्याउने गर्छ । यस...
पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकट नेपालमै छापिने

पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकट नेपालमै छापिने

आर्थिक, समाचार
काठमाडौं—फागुन २७। पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससित समझदारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको फ्रान्स भ्रमणका क्रममा यसै साता समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीमा सुरक्षण मुद्रण स्थापनाका लागि तीन महिनाभित्र परियोजना सम्झौता गर्ने र तीन वर्षभित्र काम सक्ने उल्लेख गरिएको छ । सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्व रहेको कम्पनी इन ग्रुपबीच समझदारीपत्रमा हस्ताक्षरभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्स सरकारको स्वामित्वमा रहेको कम्पनीको प्रविधि र फ्रान्स सरकारको सहुलियतपूर्ण ऋणमा सुरक्षण मुद्रण स्थापना गरिने जानकारी दिए । उनका अनुसार सुरक्षण ...
इङ्लिस प्रिमियर लिगमा आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित, बर्न्लेबिरुद्द लिभरपुल ४–२ ले विजयी

इङ्लिस प्रिमियर लिगमा आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित, बर्न्लेबिरुद्द लिभरपुल ४–२ ले विजयी

खेलकुद, समाचार
काठमाडौं—फागुन २७। इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको लाहि भने यो पहिलो लिग हार हो । गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हरायो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा उसलाई जित दिलाउन ग्रानिट झाका र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गर्दै टोलीलाई विजयी गराए । प्रिमियर लिग फुटबलको अर्को खेलमा भने लिभरपुलले बर्न्लेलाई ४–२ ले पाखा लगायो । लिभरपुलको जितमा रोबर्टो फर्मिनो र सादियो मानेको दुई/दुई गोल सामेल थियो । गएराति चेल्सीले भने वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरीमा चित्त बुझाएको छ । वुल्भरह्याम्पटनका राउल जिमिनेजले पहिलो गोल गरेको खेलमा चेल्सीका एडिन हाजार्डले ईन्जुरी समयमा एक गोल गर्दै टोलीलाई हारबाट जोगाए । गएराति...
स्पेनिस लिगमा रियाल मड्रिडद्वारा रियाल भालाडोलीड पराजित

स्पेनिस लिगमा रियाल मड्रिडद्वारा रियाल भालाडोलीड पराजित

खेलकुद, समाचार
काठमाडौं—फागुन २७। स्पेनिस लिग फुटबल अन्तर्गत गएराति रियाल मड्रिडले रियाल भालाडोलीडलाई ४–१ ले पराजित गरेको छ । भालाडोलिडको मैदानमा भएको खेलमा फराकिलो जित निकाल्दै पाहुना टोली रियाल मड्रिडले राहत महसुस गरेको हो । रियालको जितमा करिम बेन्जमाले २ गोल गर्दा राफेल भाराने र लुका मोड्रिचले एक एक गोल थपे । जितपछि रियाल मड्रिडले २७ खेलबाट ५१ अंक बनाएको छ भने शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ । ५६ अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ ।...