nicolsmaduroin meeting with iranian president hassanrouhaniinsaadabad palace

काराकस —फागुन २७।

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले आफ्नो सरकारप्रति बफादार रहेको भन्दै सेनाको प्रशंसा गरेका छन् । राष्ट्रपति कार्यालयबाहिर जम्मा भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा उनले विपक्षी नेता खुवान गुआइडोलाई ‘अमेरिकाको कठपुतली’ भएको आरोप लगाए ।

मडुरोले भने, ‘उनीहरूले सेनालाई सत्ता हत्याउन सहयोग गर्न आग्रह गरेका थिए । तर सेनाबाट स्पष्ट जवाफ पाए ।’ उनले आफूबाट गैरकानुनी रूपमा सत्ता हत्याउन खोज्नेहरू परास्त भएको बताए । मडुरो आफ्ना पूर्ववर्ती ह्युगो चावेजको मृत्युपछि सन् २०१३ यता सत्तामा छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मडुरो र विपक्षी नेता गुआइडोकोआह्वानमा राजधानी काराकसमा परस्पर विरोधी प्रदर्शनहरूको आयोजना गरिएको छ । देशका थुप्रै भागमा बिहीबारदेखिको विद्युत् कटौती जारी छ । पछिल्ला प्रदर्शन भइरहँदा राजधानी कराकसका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । विपक्षी प्रदर्शनकारीले प्रहरी दबाबको सामना गर्दै उनीहरूलाई ‘हत्यारा’ को संज्ञा दिइरहेका थिए ।

सभालाई सम्बोधन गर्दै विपक्षी नेता गुआइडोले ‘छिट्टै राजधानीमा आयोजना गरिने ठूलो सभा’का लागि समर्थन जुटाउन देशव्यापी भ्रमणमा जाने बताए । उनले भने, ‘हामी पूरै भेनेजुएला कराकसमा हुनेछौं किनभने अब हामी सबै एकजुट हुन आवश्यक छ । भेनेजुएलामा पछिल्ला वर्षहरूमा आर्थिक संकट गहिरिएको छ ।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here